अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

हुन्डाई क्रेटा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक हो । अप्रिलमा सो एसयूभी भारतमा लगातार दोस्रो महिना सबैभन्दा बढी बिक्री हुने कार बन्न सफल भएको छ।

गत महिना महिन्द्रा स्कोर्पियो एसयूभीको बम्पर बिक्री थियो, जसले यसलाई शीर्ष ५ मा पुर्‍यायो। स्कोर्पियोले अपेक्षाभन्दा पनि राम्रो प्रदर्शन गर्‍यो। अप्रिल महिना टाटा मोटर्सका लागि खासै राम्रो रहेन। किनभने कम्पनीको सबैभन्दा बढी बिक्री हुने कार पन्च यसपटक शीर्ष १० बाट बाहिरिएको छ।

अप्रिल महिनाको सबैभन्दा बढी बिक्री हुने शीर्ष १० सवारी साधनमध्ये ७ वटा मोडल मारुती सुजुकीकै छ । बजेट ह्याचब्याकदेखि लिएर प्रिमियम ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एमपीभी र सेडान, वागनआरदेखि डिजायर र ब्रेजादेखि अर्टिगासम्मका मोडलहरू सबै शीर्ष १० मा परे।

हुन्डाई क्रेटा : हुन्डाई क्रेटा लगातार दोस्रो महिना पनि सर्वाधिक बिक्री हुने कार बन्यो । गत अप्रिलमा हुन्डाईको मिडसाइज एसयूभी क्रेटाको १७ हजार १६ युनिट बिक्री भयो।

मारुती सुजुकी डिजायर : मारुती सुजुकीको कार राम्रो बिक्री हुने गर्छ । अप्रिलमा डिजायर कम्पनीका अन्य मोडललाई पछि पार्दै १६ हजार ९९६ युनिट बिक्रीसहित दोस्रो स्थानमा रह्यो ।

मारुती सुजुकी ब्रेजा : मारुती सुजुकीको कम्प्याक्ट एसयूभी ब्रेजा अप्रिलमा १६ हजार ९७१ युनिट बिक्रीसँगै तेस्रो स्थानमा रह्यो। यसले टाटा नेक्सन र हुन्डाई भेन्यूजस्ता प्रतिस्पर्धी कारलाई पछि पार्न सफल भयो।

मारुती सुजुकी अर्टिगा : भारतमा ७ सिटर कारको माग उच्च छ। अप्रिलमा अर्टिगा १५ हजार ७८० युनिट बिक्री भयो र चौथो स्थानमा रह्यो।

महिन्द्रा स्कोर्पियो : महिन्द्राको स्कोर्पियो कार राम्रो प्रभाव पार्न सफल भयो। स्कोर्पियो एन र स्कोर्पियो क्लासिक मोडल मिलाएर कुल १५ हजार ५३४ युनिट बिक्री भई स्कोर्पियोले शीर्ष ५ मा स्थान बनायो।

टाटा नेक्सन : टाटाको कम्प्याक्ट एसयूभी नेक्सन अप्रिलमा १५ हजार ४५७ युनिट बिक्रीका साथ छैटौं स्थानमा रह्यो। सो कार टाटा मोटर्सका लागि एक मात्र कार हो जसले कम्पनीलाई शीर्ष १० मा उपस्थिति दिलायो।

मारुती सुजुकी स्विफ्ट : स्विफ्टले अप्रिलमा १४ हजार ५९२ युनिट बिक्री गर्दै सातौं स्थान ओगट्यो। आकर्षक लुक्स, उपयोगी फिचर र राम्रो माइलेजका कारण यो कार अझै पनि धेरैको रोजाइमा परेको देखिन्छ।

मारुती सुजुकी फ्रङ्क्स : मारुती सुजुकीले क्रसओभर सेगमेन्टमा फ्रङ्‍क्स मार्फत राम्रो छाप छोडेको छ। गत अप्रिलमा यसको १४ हजार ३४५ युनिट बिक्री भयो।

मारुती सुजुकी वागनआर : सानो परिवारका लागि उपयुक्त, बजेट फ्रेन्डली र राम्रो माइलेज दिने वागनआरले १३ हजार ४१३ युनिट बिक्रीका साथ नवौं स्थान प्राप्त गर्‍यो।

मारुती सुजुकी बलेनो : मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बलेनोले पनि आफ्नो लोकप्रियता कायम राख्दै १३ हजार १८० युनिट बिक्रीसहित शीर्ष १० मा स्थान पायो।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले आज आफ्नो लोकप्रिय ह्याचव्याक कार...

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...