बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–इनड्राइभले ‘काठमाडौँ क्लिन एयर डायलग’ आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याएको छ ।
कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजक ाप्रतिनिधि तथा निजी क्षेत्रका अग्रणी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो ।
सहभागीहरूले हालको वायु गुणस्तर अवस्था, प्रदूषणका प्रमुख स्रोतहरू, विद्यमान नीति तथा कार्यक्रमहरूको प्रभावकारिता र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन तथा परिणाममुखी छलफल गरेका थिए ।
काठमाडौँ क्लिन एयर डायलोग सरकारी निकाय, विकास साझेदार, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको प्रभावकारी समन्वय संयन्त्र स्थापना गर्ने उद्देश्यमा केन्द्रित रहेको आयोजक संस्था इनड्राइभ नेपालले जनाएको छ । त्यसैगरी, काठमाडौँ उपत्यकामा वायु गुणस्तरको वर्तमान अवस्था, प्रमुख प्रदूषण स्रोतहरू (जस्तैः यातायात, उद्योग, निर्माण गतिविधि र घरेलु इन्धन प्रयोग) तथा लागू भएका नीतिहरूको समीक्षा गर्नमा केन्द्रित थियो ।
नीतिगत, संरचनागत र व्यवहारगत अवरोधहरू पहिचान गरी व्यावहारिक, चरणबद्ध र दिगो समाधानहरू प्रस्ताव गर्ने र नवप्रवर्तन, प्रविधिको प्रयोग, विद्युतीय तथा दिगो यातायात प्रणालीको विस्तारमार्फत निजी क्षेत्रलाई वायु प्रदूषण न्यूनीकरणका पहलहरूमा सक्रिय रूपमा संलग्न गराउने वातावरण सिर्जना गर्ने उद्देश्यउ अनुरुप कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री माधव चौँलागाईले सरकारले हालसम्म गरेका प्रगतिहरूलाई उल्लेख गरे । आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याउदै उनले साझा लक्ष्यका लागि विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउन पहल गरेकोमा इनड्राइभ तथा एएआईको प्रशंसा गरे ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...