एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप
एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...
काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ नेपाली बजारमा दुई भेरिएन्टमा उपलब्ध हुने भएको छ । सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले लाइभ र फिल विथ प्याक भाइव गरी दुई भेरिएन्टमा सो गाडी नेपाली बजारमा उपलब्ध हुने जनाएको छ ।
यी दुई भेरिएन्टको मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ हुनेछ । सो गाडी सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा कम्पनीले गरेको छ।
सांग्रिला मोटर्सले सो गाडीको बुकिङ खुला गरिसकेको छ । विर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाडौं उपत्यका लगायत नेपालका सात प्रमुख शहरहरुमा रहेका सिट्रोनका सबै आधिकारिक शोरुमहरुमा बुकिङका लागि सो गाडी उपलब्ध हुने कम्पनीको भनाइ छ ।
५७ पीएसको इलेक्ट्रिक मोटर र १४३ एनएमको टर्क सहितको इन्जिनले आनन्ददायी ड्राइभिङको अनुभव प्रदान गर्ने र यसले सिंगल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ ।
ई–सी३ ले नेपालमा पहिलो पटक चार्जिङमा क्रान्ति ल्याउने अनौठो प्रविधि भित्र्याएको बताएको छ । परम्परागत एक डीसी चार्जिङ भन्दा धेरै डीसी चार्जिङ सुविधा उपलब्ध हुने बताइएको छ ।
एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...
विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...
चाइनिज कार निर्माता कम्पनीले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार के५ को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...