यस्तो हुनेछ सिट्रोन सी५ एयरक्रस, सार्वजनिक भयो जानकारी

भारतीय बजारका लागि सिट्रोनको नयाँ एसयूभी सी५ एयरक्रस सार्वजनिक भएको छ । सिट्रोल इन्डियाको सी५ एयरक्रस प्रिमियम एसयूभी भारतीय बजारमा महत्वपूर्ण प्रभाव पार्ने कोशिसमा रहेको छ । सो एसयूभी फ्रान्सीसी निर्माताको डिलरशिप ला मेसन अवधारणामा आधारित रहेको छ ।

सो एसयूभी २०२० मा भारतमा डेब्यू गर्ने योजना बनाएको थियो । तर कोभिड १९ को कारणले यसो हुन सकेन । सी५ एयरक्रसको पहिलो युनिट उत्पादन तमिलनाडुको थिरुबल्लुर प्लान्टमा सुरु भइसकेको छ । यसको स्टाइल ग्लोबल मोडलको रुपमा हुनेछ । सो एसयूभीमा आराम, सुविधा र सुरक्षाको फिचर रहेको छ ।

सी५ एयरक्रस एसयूभीको मुख्य आकर्षण भनेको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र फोन मिररिङ कम्प्याटिबिलिटी, लेदर सिट, ड्युअल टोन ड्यासबोर्ड फिनिस, भर्टिकल एयर कन्डिसन भेन्ट्स, प्यानोरमिक सनरुफ र एकास्किट विन्डस्क्रिन समावेश रहेको छ ।

सो एसयूभीमा १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, इन्जिन स्टार्ट÷स्टप बटन, हिल होल्ड असिस्ट, रिक्लाइनिङ मड्युलर रियर सिट, ग्रिप कन्ट्रोल सिस्टम, ब्लाइन्ड स्पा मनिटरिङ, पार्क असिस्ट, फुट अपरेटेड इलेक्ट्रिक टेलगेट, अटोमेटिक क्लाइमेट कन्ट्रोलको सुविधा रहेको छ । यसको साथै एम्बिएन्ट लाइटिङ, ड्युअल टोन १८ इन्च डायमन्ड कट अलोय ह्विल र मल्टि फंक्सन स्टेयरिङ ह्विलको साथमा माउन्टेड कन्ट्रोल्स रहेको छ ।

प्रिमियम एसयूभीमा ४५०० एमएम लम्बाई, १८४० एमएम चौडाई, १६७० एमएम उचाई, २७३० एमएम ह्वीलवेस र ५.३५ मिटरको टर्निङ रेडियस रहेको छ । सी५ एयरक्रसमा २.० लिटर ४ सिलिन्डर डिजेल इन्जिन रहेको छ । जसले १७७ पीएसको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ ।

सो एसयूभीको १८.६ किलोमिटर प्रतिलिटरको माइलेज रहेको छ । यसको बुटस्पेस १६३० लिटर रहेको छ । यसमा ८ स्पिड अटोमेटिक ट्रान्समिशन रहेको छ । सो एसयूभीको फ्रन्ट र रियर डिस्क ब्रेक र टिल्ट तथा टेलिस्कोपिक स्टेयरिङ रहेको छ । साथै फ्रन्ट सस्पेन्सनमा डबल पीएचसीको साथमा मेकफर्सन स्ट्रट्स र रियर सस्पेन्सनमा सिंगल पीएचसीको साथमा ट्वीस्ट बीम रहेको छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...