११ हजार बीवाईडी गाडी पुगेपछि साइमेक्स इंकको नयाँ क्याम्पेन, सांघाईबाट जापानसम्मको क्रुज ट्रिप जित्ने मौका
काठमाडौं–नेपालमा बीवाइडीका ग्राहक संख्या ११ हजार नाघेको अवसरमा आधिकारिक...
चिनियाँ ईभी जायन्ट बीवाईडीले आर्थिक वर्ष २०२५ को पहिलो चार महिनामा उच्च नाफा कमाएको छ । कम्पनीले यस वर्षको पहिलो चार महिनामा १ अर्व २८ करोड डलर नाफा कमाएको हो ।
सो अवधीमा बीवाईडीको ग्रस प्रोफिट मार्जिन २०.७ प्रतिशत छ । जवकी टेस्लाले उक्त अबधीमा जम्मा १६.३ प्रतिशतमात्रै ग्रस प्रोफिट मार्जिन हाँसिल गरेको छ ।
बीवाईडीपछि दोस्रो धेरै नाफा कमाउने ब्रान्डमा जिली दर्ज भएको छ । जिलीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७९.१ करोड डलर नाफा आर्जन गर्दा उसको ग्रस प्रोफिट मार्जिन १५.७८ प्रतिशत पुगेको छ ।
वर्ष २०२५ को पहिलो चौमासिकमा एसएआईसी ४२.२ करोड डलरसहित तेस्रो धेरै नाफा कमाउने ईभी ब्रान्ड बनेको छ । यस अवधिमा उसको ग्रस प्रोफिट मार्जिन ८.१३ प्रतिशत पुगेको छ भने चौथो स्थानमा ग्रेटवाल मोटर्स छ ।

यसैगरी, सर्बाधिक नाफा कमाउने ईभी ब्रान्डको पाँचौ स्थानमा चांगन, छैटौमा बिएआईसी, सातौमा सेरेस र आँठौमा एलआई अटो दर्ज हुँदा लिपमोटर र एक्सपेङको कमाई भने माइनसमा छ ।
बीवाईडीले यस अवधीमा आँफूले आर्जन गरेको नाफाभन्दा बढि रिसर्च एण्ड डेभ्लपमेन्टमा खर्च गरेको छ । कम्पनीले उक्त अवधीमा कुल १ अर्व ९८ करोड डलर रिसर्च एन्ड डेभ्लपमेन्टमा खर्च गरेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...