चेरीको नयाँ हाइब्रिड एसयुभीको रेन्ज २ हजार किलोमिटर माथि, बन्यो विश्व रेकर्ड

चेरीको नयाँ एसयुभी फुलविन ए८एल ले सर्बाधिक रेन्ज दिने हाइब्रिड कारका रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएको छ । फुल चार्ज र फुल ट्यांक इन्धनमा २ हजार ३६९ किलोमिटर माइलेज हाँसिल गर्दै फुलविन ए८एलले विश्व रेकर्ड कायम गरेको हो ।

सो प्लग–ईन–हाइब्रिड कारमा १.५ टी ईन्जिन जडान गरिएको छ । सिडिएम ५.० पावरटे«नमा तयार पारिएको उक्त कारको संयुक्त पावर २६५ किलोवाट तथा टर्क ५३० एनएम छ । कारमा जडान गरिएको १८.६७ किलोवाट आवरको ब्याट्रीलाई एकपटक फुल चार्ज गरेपछि १४५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

फुलविन ए८एल ५ भेरिएन्टमा उपलब्ध रहने र मुल्य १५ हजार १०० डलरदेखी २० हजार ६०० अमेरिकी डलरसम्म पर्ने जनाइएको छ । भेरिएन्ट अनुसार यसको पावरट्रेन फरक फरक राखिएको छ । जसमध्ये अर्को एउटा भेरिएन्टमा ९.५३ किलोवाट आवरको ब्याट्री उपलब्ध गराइएको छ । जसको इलेक्ट्रिक रेन्ज ७० किलोमिटर छ ।

कारमा १५.६ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट स्क्रिन, १२.२५ इन्चको अर्को एलसिडी इन्स्ट्रयुमेन्ट क्लस्टर, क्वालकम स्न्यापड्रागन ८१ ५५ चिप कन्ट्रोल, इलेक्ट्रिक सिट एड्जस्टमेन्ट, हिटिङ एन्ड भेन्टिलेसन लगायत विशेषता दिइएको छ । साथै, यसमा ब्लुटुथ कि इन्ट्रि, ५० वाट क्षमताको वायरलेस मोबाइल फोन चार्जिङ, ५४० डिग्री ट्रान्सपेरेन्ट चेसिस भ्यू, १० वटा एयरब्याग र ८ स्पिकर सोनी साउन्ड सिस्टम जस्ता विशेषता समेत राखिएको छ ।

सम्बन्धित समाचारहरू

प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ को प्रतीक्षा नेपालमा, यस्ता छन् ६ फरक विशेषता

प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ को प्रतीक्षा नेपालमा, यस्ता छन् ६ फरक विशेषता

नेपाली बजारमा नामी ०१ इलेक्ट्रिक ह्याचब्याकको बिक्री प्रारम्भ गर्ने...

यस्तो छ एमएडब्लु वृद्धिले नाडा अटो शोमा सार्वजनिक गरेको सस्तो कार चांगन लुमिन

यस्तो छ एमएडब्लु वृद्धिले नाडा अटो शोमा सार्वजनिक गरेको सस्तो कार चांगन लुमिन

काठमाडौं – नेपालका लागि फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल र चांगनको...

नेपाल पनि विश्व बजार जस्तै ईभीतिर लम्किने तयारीमा, के यो सम्भव छ ?

नेपाल पनि विश्व बजार जस्तै ईभीतिर लम्किने तयारीमा, के यो सम्भव छ ?

आगामी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले पेट्रोलियम पदार्थबाट चल्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...