एउटा सपना पूरा भयो, हजारौँ सम्झना लिएर घर फर्कियौँ ! तीन बाइक राइडरको इन्डिया टुर अनुभव
जीवनमा केही यात्राहरू केवल दूरी पार गर्नका लागि गरिँदैनन्। ती यात्राहरू...
चीनको सबैभन्दा ठूलो मध्येको एक अटो निर्माता चेरी विगत लामो समयदेखी निर्यात बजारमा अग्रणी रहँदै आएको छ । चेरी कारको माग चीनबाहिर बढ्दै गएपछि कम्पनी छिट्टै एउटा ऐतिहासिक उपलब्धिको नजिक पुगेको छ ।
चेरी छिट्टै चीनकोे ५० लाख सवारीसाधन निर्यात गर्ने पहिलो अटो उत्पादक वन्न लागेको कम्पनीका अध्यक्ष यिन टोङयुले घोषणा गरे । हङकङमा हालै सम्पन्न अन्तर्राष्ट्रिय अटोमोटिभ एण्ड सप्लाई चेन एक्स्पोमा उनले चेरी जुन २० को आसपासमा ५० लाख सवारी साधन निर्यात गर्ने पहिलो चिनियाँ अटोमेकर बन्ने बताएका हुन् ।
साहि कार्यक्रममार्फत चेरीले हङकङमा आफ्नो उत्पादन पहिलोपटक डेव्यु गरेको थियो । साथै, कम्पनिले यसै वर्षको अन्त्यदेखि हङकङ बजारमा आधिकारिक रूपमा आफ्ना सवारी साधनहरू लन्च गर्ने योजना बनाएको छ ।
एक्सपोमा चेरीले सातवटा उप–ब्रान्डबाट १२ भन्दा बढि न्यू इनर्जी भेइकल प्रदर्शन गरेको थियो । जसमा चेरी, एक्सिड, जेटोर, आईकार, लक्सिड, ओमोडा र जेकोका दैनिक आवागमनदेखि अफ–रोड प्रयोजनमा प्रयोग हुने बिभिन्न मोडलहरु सामेल थिए ।
जनवरी देखि मे २०२५ सम्म चेरी ग्रुपले १० लाख २६ हजार ५१७ युनिट सवारी साधन बेचेको छ, जुन गत वर्षको तुलनामा १४ प्रतिशतले बढि हो ।
कम्पनीले उत्पादन गर्ने न्यू इनर्जी भेइकलको सेल्स गत वर्षको तुलनामा १११.५ प्रतिशतले बढेर २ लाख ८७ हजार ७९८ युनिट पुग्दा निर्यात ४ लाख ४३ हजार ९४० युनिट पुगेको बताइएको छ । निर्यातको यस आँकाडाले प्रत्येक २९ सेकेन्डमा एउटा चेरी गाडी विदेशी बजारमा पठाइने गरेको पुष्टि गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...