विश्वभर चेरीका १ करोड ७० लाख ग्राहक, निर्यात ५० लाख नाघ्यो

चिनियाँ अटो निर्माता चेरीले विश्वभर १ करोड ७१ लाख ८० हजारभन्दा बढी कार बिक्री गरेको घोषणा गरेको छ । जसमा ५१ लाख ७० हजारभन्दा बढी कार चीन बाहिर निर्यात भएको जनाइएको छ ।

गत जुलाईमा मात्र, चेरीले कुल २ लाख २४ हजार ४३९ सवारीसाधन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.७ प्रतिशत बढी हो । न्यू इनर्जी भेइकलको बिक्री समेत उल्लेखनिय रुपमा बृद्धि भएको कम्पनीको भनाई छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले न्यू इनर्जी भेइकलको बिक्री बढाएको हो ।

चेरीले जुलाईमा १ लाख १९ हजार ९० सवारीसाधन निर्यात गरेको थियो, जुन गत वर्षको तुलनामा ३१.९ प्रतिशतको वढी हो । यससँगै, यस वर्षको पहिलो सात महिनामा कम्पनीको कुल बिक्री १४ लाख ८४ हजार ५६३ मा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.५ प्रतिशत बढी हो ।

सो अवधिमा ६ लाख ६९ हजार ३६० सवारीसाधन निर्यातसहित चेरीले आफ्नो स्थान सुरक्षित गरेको छ । चेरीले विगत लामो समयदेखी चीनको नम्वर वान अटोमोबाइल निर्यातकका रुपम आफ्नो पहिचान कायम गरेको छ ।

चेरी ग्रुप अन्तर्गत हाल चेरीसहित, एक्सिड, जेटोर, आईकार, लुसिड र ओमोडा एण्ड जेको सहित १ दर्जन बढी ब्रान्डमा सवारी साधन उत्पादन भइरहेका छन् । चेरीका उत्पादन विश्वका १२० भन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ । कम्पनीले विगत २२ वर्षदेखी कार निर्यात गर्न थालेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...