चाङ्गनका प्रशन्न पन्त भन्छन – अबको बजार चिनियाँ ब्रान्डको
अटो बजारमा अहिले इलेक्ट्रिक कार र चिनियाँ ब्रान्ड सर्बाधिक चर्चाको बिषय...
नेपाली बजारमा चांगन ब्रान्ड छिट्टै नै भित्रिने क्रममा छ । यसै सन्दर्भमा चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिका डिजिएम प्रशन्न पन्तसँग गरिएको कुराकानी :
चांगन ब्रान्डको बिश्वब्यापी प्रभाव र यसको लिगेसीका बारेमा बताइदिनुस न ?
चिनियाँ भाषमा चांगनको अर्थ लास्टिङ सेफ्टी भन्ने हुन्छ । यद्यपी यसले पछिल्लो समय सेफ्टीको साथसाथै डिजाइन र टेक्नोलोजीमा पनि उत्तिकै जोड दिइरहेको छ । यो चीनको लक्जरियस प्रोडक्ट उत्पादन गर्ने प्रख्यात कम्पनी हो । चीनको डोमेस्टिक मार्केटमा चांगनका प्यासेन्जर कारहरुले नम्वर वान स्थान हाँसिल गर्न सफल भएका छन् । यो १ सय ५९ बर्षको लामो लिगेसी भएको कम्पनी हो जसले बिगत ६५ बर्षदेखी सवारी साधन उत्पादन गर्दै आइरहको छ । चांगनसंग हाल १ हजार भन्दा बढी भेहिकल भेरियन्ट उपलब्ध छ । डिजाइन, टेक्नोलोजी र इनोभेसन यसका प्रमुख बिशेषता हुन् । बिश्वमै रिसर्च एन्ड डेभलप्मेन्टमा सबैभन्दा बढी रकम खर्च गर्ने कम्पनीका रुपमा समेत यसलाई चिन्ने गरिन्छ । भबिष्यमा बिक्री हुनसक्ने उत्पादनलाई अहिले नै बजारमा उतार्नुपर्छ भन्ने मान्यता राख्ने यो ब्रान्डले हाल ६० भन्दा बढी राष्ट्रमा उपस्थिती जनाइसकेको छ ।
नेपाली बजारमा कुन–कुन सेग्मेन्टका गाडीहरु ल्याउने योजना बनाउनुभएको छ ?
चांगनसंग हाल बजारमा माग भैरहेका एसयुभी, मिडसाइज एसयुभी, सेडान लाइफ स्टायल पिकअप, ह्याचब्याक र इलेक्ट्रिक कारका साथै अन्य थुप्रै भेरियन्टका सवारीसाधन उपलब्ध भएपनि हामीले नेपालमा पहिलो चरण अन्तर्गत मिडसाइज सेडान र लाइफस्टायल पिकअप ल्याउँदै छौ । त्यसलगत्तै फूल एसयुभी र हाई टेकयुक्त गाडीसंगै इलेक्ट्रिक एसयुभी समेत भित्राउने योजना छ । यी सबै गाडी एक बर्षभित्रै ल्याइसक्ने हाम्रो योजना हो । मूलत हामीले १ बर्षभित्र ५ वटा गाडीको पोर्टफोलियो बनाउँछौ ।
नयाँ ब्रान्डलाई स्थापित गराउन कस्तो तयारी गर्दै हुनुहुन्छ?
अहिले हामी चिनियाँ ब्रान्डलाई चिनाउने चरणमा छौ । यी ब्रान्डको बिश्वब्यापी प्रभाव र गुणस्तरका बारेमा ग्राहकलाई बुझाइरहेका छौ । त्यसमा पनि चांगन ब्रान्डको लिगेसी, प्रविधि र बिशेषता केके हुन भनेर जानकारी दिइरहेका छौ । यो चीनकोे डोमेस्टिक मार्केटमा नम्वर वान ब्रान्ड त हो नै साथसाथै डिजाइन र टेक्नोलोजीमा समेत नम्वर वान ब्रान्डका रुपमा परिचित छ । यसै सन्दर्भमा हामीले अहिले चाइनाको नम्वर वान प्रोडक्टलाई बजारमा उतार्न लागिरेको सन्देश दिइरहेका छौ । यस बिषयमा ग्राहकहरु जानकार भैसकेपछि बल्ल औपचारिक लन्च गर्ने हाम्रो योजना हो । अहिले नेपालको धेरैजसो अटो पारखीले यो ब्रान्डका बारेमा चासो ब्याक्त गर्दै आइरहेका छन् । जसले गर्दा भोलीका दिनमा हामीलाई गाडी बिक्री गर्न थप सहज हुनेछ ।
नेपालमा चिनियाँ ब्रान्डका सवारीसाधनको रेकर्ड खासै राम्रो रहेको पाइदैन । यस्तो अबस्थामा चांगनलाई स्थापित गराउनु कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ?
हो बिगतमा जेजति पनि चिनियाँ ब्रान्डका गाडीहरु नेपाल भित्रिए ति सबैको रेकर्ड खासै राम्रो रहेन । यसको मतलव यस्ता गाडी आफैमा कमजोर र गुणस्तरहिन भएर बद्नाम भएका भने होइनन् । त्यत्तिबेला जसले यस्ता गाडी ल्याए, उनीहरुले बिक्री पछिको सेवाका क्षेत्रमा खासै काम गर्न सकेनन् । त्यसैले गर्दा बजारमा चिनियाँ ब्रान्डका बारेमा नराम्रो हल्ला छायो । तर अहिले परिस्थिती फेरिएको छ । पछिल्लो समय नेपाल भित्रिएका सबैजसो चिनियाँ ब्रान्डको आयतमा अनुभबी र स्थापित कम्पनीहरु संलग्न भएका छन् । उनीहरुलाई गाडीको ब्यावसाय कसरी गर्नुपर्छ भन्ने राम्ररी जानकारी छ । चांगनकै कुरा गर्नुपर्दा देशकै दोस्रो ठूलो अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले यो ब्रान्ड भित्र्याएको छ । १ दर्जन बढी ब्रान्डका सवारीसाधनको कारोबारलाई सफल रुपमा सञ्चालन गर्दै आइरहेको एमएडब्लुको देशभर नेटवर्क बिस्तार भैसकेको छ । जसका कराण पनि हामीलाई बिक्री पछिको सेवा उपलब्ध गराउन सहज हुनेछ । यो कम्पनीको बिगतलाई हेर्ने हो भनेपनि सबैभन्दा बढी जोड बिक्री पछिको सेवमा नै बढी रहेका कारण ग्राहक ढुक्क हुन सक्नेछन् ।
अटो बजारमा अहिले इलेक्ट्रिक कार र चिनियाँ ब्रान्ड सर्बाधिक चर्चाको बिषय...
नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...
जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...