हुन्डाई क्रेटा र किया सेल्टोको बजारमा जिपको नजर : चाँडै कम मूल्यको एसयूभी लन्च गर्ने
हुन्डाई क्रेटा र किया सेल्टोस हाल बजारमा निकै नै लोकप्रिय एसयूभी हुन् । यी...
काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगनले आफ्नो प्रिमियम पिकअप ‘हन्टर’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चांगन हन्टरलाई धेरै नेपाली ग्राहकहरुको मनमा राज गर्ने आफ्नो प्रमुख उत्पादनहरु मध्ये एक भएको बताएको छ। अहिले हन्टरको प्रि–लन्चको अभियान सञ्चालन गरिरहेको चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले यही जनवरी २०२२ सम्म यसको लन्चको योजना पनि गरिरहेको बताएको छ ।
हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ, जसले १५० एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । हन्टरको ३९१० एमएमको ह्विलबेस रहेको छ र २३० एमएम ग्राउन्ड क्लियरेन्स सहित आउँद छ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सकिन्छ।
यसको कुल वजन ३०५० किलोग्राम छ भने १ टनको पेलोड क्षमता छ । यसमा भएको सेग्मेंन्टकै उत्कृष्ट १० इन्चको एचडी इन्फोटेनमेन्ट टचस्क्रिनका साथ यात्रा गर्दा यात्रा मनोरञ्जनात्मक हुने कम्पनीको भनाइ छ ।
हन्टरमा पुस स्टार्ट बटन जडान गरिएको छ । अझ सुविधायुक्त बनाउन हन्टरमा क्रुज कन्ट्रोल सुबिधा रखिएको छ । क्रुज कन्ट्रोलले बाटोको अवस्था अनुसार मिल्दो स्पिड ,सुनिश्चित गर्न मदत गर्दछ । अझ टायर प्रेसर मोनिटरिङ सिस्टमले गर्दा गाडीको टायर कन्डिसन उच्च बिन्दुमै हुने गर्दछ ।
हन्टर ६–स्पिड अटोमेटिक गियर ट्रान्समिसनको साथमा आउने गर्दछ, जसले आफै नै रोडको कन्ढिसन अनुसार गियर बदल्न मदत गर्दछ । हन्टरले चालक र सहचालकलाई विशेष ध्यानमा राखी आरामदायी पावर असिस्सटेड सिट प्रदान गरेको छ ।
सो प्रिमियम पिकअपले इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम मार्फत यात्रु र गाडी दुवैको उचित ख्याल राख्छ । यसमा अटो स्टप क्लाइम्ब सुविधा भएकोले गर्दा ग्राहकहरुले उकालो पहाड चढ्दा कुनै पनि किसिमका समस्याहरुबाट जुध्नु पर्ने छैन। यसमा भएको हिल डिसेन्ट कन्ट्रोलले गर्दा ओरालो झर्दा कुनै पनि समस्या आउने छैन र यसमा स्पोर्ट मोड अन गरे पश्चात चालकलाई एक्सिलरेसन् बढेको महसुस हुनुका साथै इको मोडमा यात्रा निकै नै किफायती पनि हुने गर्दछ ।
थप जानकारीका लागि कम्पनीको फेसबुक पेज र टेस्ट ड्राइभको लागि चांगन नेपालको वेबसाइट लगइन गरी बुकिङ गर्न सकिने बताइएको छ ।
हुन्डाई क्रेटा र किया सेल्टोस हाल बजारमा निकै नै लोकप्रिय एसयूभी हुन् । यी...
भारतीय बजारमा स्कोडा स्लाभियाले निकै नै राम्रो प्रतिक्रिया पाएको छ ।...
स्कोडाले इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको छ । आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...