स्कोडाले कुसाकमा गर्यो यी फिचर्स अपडेट, नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत भयो थप
स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै...
काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’ सार्बजनिक गरेको छ । चांगनले यसको मूल्य ४२ लाख रुपैयाँ तोकेको छ । एल्सभीनको पप–अप शोरुम, सोल्टी क्राउन प्लाजामा छ । चांगन अटोको प्रवेश नेपाली बजारमा आफ्नो पहिलो गाडी एल्सभीनको आगमन साथ हुने बताइएको छ ।
एमएडब्लु वृद्धि मोटोकर्पले यो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो । एमएडब्लुका अध्यक्ष विष्णु अग्रवालले यस सम्बन्धी विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘एल्सभीनमा पाइने भविष्य उन्मुख डिजाइन र प्रविधिले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्डहरू स्थापित गर्न सक्ने छ । चांगन यो सम्भावना भएको एक उत्कृष्ट ब्रान्ड हो। हामीले हाम्रा ग्राहकहरूलाई सबैभन्दा राम्रो बिक्री र बिक्री पछिको सेवा पूर्वाधार दिनेछौं र ग्राहकको आनन्द र अनुभवमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्नेछौ । ’
चांगन इन्टरनेसनलका उपमहाप्रबन्धक डेङले पनि एक विज्ञप्ति जारी गरेका छन् र भनेका छन्, ‘हामी हाम्रा पुरस्कार विजेता उत्पादनहरूका साथ ग्राहकहरूको महत्वाकांक्षी मूल्यलाई पूरा गर्न अत्यन्तै केन्द्रित र उत्प्रेरित छौं। एल्सभीन नेपालको पहिलो चांगन गाडी हुनेछ। हामी दृढ विश्वास गर्छौं कि एल्सभीनले बिलक्षण परिणामहरू प्रदान गर्नेछ। चांगन नेपालको टिमलाई सफलताको शुभकामना ।’
उपभोक्ताहरूले एल्सभीनबाट विलासिता, आराम र कार्यक्षमताको मिश्रण पाउने कम्पनीको भनाइ छ । एल्सभीन १.४ लिटर ब्लुकोर इन्जिन, ६–स्पिड म्यानुअल ट्रान्समिसन र १३७० सीसीको इन्जिनसँग सुसज्जित छ। ब्लुकोर इन्जिनले ९९ बीएचपी पावर र १३५ एनएम टर्क उत्पादन गर्छ जसले अधिकतम कार्यसम्पादन र इन्धनको इकोनोमी प्रदान गर्दछ।
यो गाडी २५३५ एमएमको ह्वीलबेससहित आउँछ र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ। एल्सभीनमा ४ सिलिन्डरहरू छन् र ३९० लिटरको बुट स्पेस प्रदान गर्दछ। एल्सभीनको ७ इन्च इन्फोटेनमेन्ट टचस्क्रिनले अरुहरु भन्दा फरक सुविधा प्रधान गर्दछ। उपभोक्ताहरूले मल्टिमिडियामा सजिलो पहुँच पाउनेछन् र उनीहरुले आफ्नो औंलाको टुप्पोबाट गाडी नियन्त्रणमा राख्न सक्नेछन् ।
एल्सभीनले अधिकतम सुरक्षा र आरामदायी ड्राइभिङको अनुभव प्रदान गर्दछ । प्रयोगकर्ताहरूले स्पोर्टी फ्ल्याट–बटम स्टेयरिङको साथ गाडीको बलियो पकडको आशा गर्न सक्छन्, यो स्टेयरिङको उचाई समायोजन गर्न सकिन्छ। ग्राहकलाई गाडी भित्र पस्दा वा बाहिर निस्कँदा कुनै अप्ठ्यारो हुने छैन । यो सेडानमा एन्टिलक ब्रेकिङ सिस्टम र फ्रन्टल डुअल एयरब्याग रहेको छ । यसमा डाइनामिक लाइन र प्रोक्सिमिटी अलार्म सहितको पार्किङ सेन्सरसहितको रियरभ्यू क्यामेरा पनि छ। कारमा पार्किङ र रिभर्सिङ दुवैका लागि चेतावनी बत्तीहरू पनि छन्।
एल्सभीन आकर्षक इन्टेरियरका साथ आउँदै छ। यसमा प्रिमियम लेथरेट सीटहरू छन् जसले विलासितालाई पुनः परिभाषित गर्दछ। डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरले उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्दै ड्राइभिङ गर्दा प्रयोगकर्ताहरूको आँखा अगाडि सबै जानकारी प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, यसमा डिजिटल डिस्प्लेको साथ एचभीएसी छ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको आवश्यकता अनुसार तापक्रम सेट गर्न अनुमति दिन्छ।
एल्सभीनको भित्री डिजाइन जस्तै बाहिरी डिजाइन पनि उतिकै आकर्षक छ। एल्सभीनको सिग्नेचर बटरफ्लाई ग्रिलले सडकमा जो कोहिको पनि ध्यान आकर्षित गर्दछ। यसमा जडित प्रोजेक्टर हेडल्याम्पले रात्रिकालिन समयमा पनि गाडी चलाउन सजिलो पार्दछ। दिनको उज्ज्यालोमा पनि यसमा रहेको डीआरएलले गाडीको रौनक कायम राख्दछ। १५ इन्चको अलोय व्हील्सले आरामदायी यात्रा साथसाथै गाडीलाई राम्रो लुक्स दिन्छ। यसमा जडित शार्क फिन एन्टेनाले एल्सभीनलाई अझै बढीी मोडर्न देखाउँछ।
कम्पनीले आफ्नो ग्राहकहरुलाई सोल्टी होटलमा आइ गाडी अवलोकन गर्न र टेस्ट ड्राइभ लिन निमन्त्रणा समेत दिएको बताएको छ ।
स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै...
कार सम्बन्धी तुलना गर्ने बेलायतको स्क्र्याप कार कम्प्यारिजनले गरेको एक...
चीनमा चेरी ग्रुपले जनवरी महिनामा गत वर्षको यही महिनाको तुलनामा २० प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...