सर्भिस सेन्टर संचालनमा ल्याउँदै सिजी मोटर्स, छिट्टै २४ स्थानमा चार्जिङ स्टेशन निर्माण हुने

अवको केही हप्ता भित्रै नेटा इलेक्ट्रिक कारको सर्भिस सेन्टर संचालनमा आउने भएको छ । नेपालका लागी आधिकारिक वितरक सिजी मोटर्सले लतितपुरको खुमलटारमा स्टेट अफ दि आर्ट सर्भिस सेन्टर निर्माण भैरहेको र गाडी डेलिभरी हुँदासम्म सो सर्भिस सेन्टर संचालनमा आइसकने जानकारी गराएको छ । यो सर्भिस सेन्टर आधुनिक, सुविधासम्पन्न र पूर्णत इभी डेडिकेटेड हुने कम्पनीका सिइओ हेमन्त अग्रवालले बताए ।

उनका अनुसार सर्भिस सेन्टरबाट ग्राहकलाई छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्न दक्ष तथा अनुवभी टेक्निसियन सहितको टिम खडा गरिएको छ । ‘हामी ग्राहकलाई उत्कृष्ट हस्पिटालिटी सहितको सेवा दिन तयार छौ । अवको ४ महिनाभित्र देशका ६ वटै महानगरपालिकामा डिलर नेटवर्क बिस्तार गरिसक्ने र ती डिलरमा समेत सर्भिस सेन्टरको प्रवन्ध मिलाउने गरी काम गरिरहेका छौ’ उनले नेपाल अटोसंग भने ।

सर्भिस सेन्टरसंगै कम्पनीले देशैभर चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको छ । सिइओ अग्रवालका अनुसार समय तालिका नै वनाएर चार्जिङ पूर्वाधारलाई देशव्यापी बनाउन लागिएको हो । उनले भने, ‘अवको ४ महिनाभित्र ६ वटा महानगर पालिका र ६ महिनाभित्र १२ वटै उपमहानगरपालिका सहित अन्य ठूला सहरहरुमा गरी कुल २४ भन्दा बढी स्थानमा हाम्रो चार्जिङ पूर्वाधार निर्माण भैसक्नेछ । यसैगरी क्रमिक रुपमा हाइवेमा समेत यस्तो पूर्वाधार निर्माण गर्नेछौ ।’

हाइवेको हकमा हरेक १ सय किलोमिटरको दूरीमा एउटा चार्जिङ स्टेशन राखिने उनको भनाई छ । विक्रीमा मात्र केन्द्रित नभई बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारमा कम्पनीले नयाँ आयम ल्याउन चाहेको बताउँदै उनले भने, ‘नेपालको इभी बजारलाई माथिल्लो स्तरमा पुर्याउन हामीले सवै प्रकारका प्रयास गर्नेछौ । इभी प्रयोगकर्तालाई आवश्यक पर्ने सवै किसिमका सेवा÷सुविधा उपलब्ध गराउनु हाम्रो प्रमुख उद्देश्य हुनेछ । यसका लागी कम्पनीले चरणवद्ध रुपमा काम थालिसकेको छ ।’

सम्बन्धित समाचारहरू

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सन् २०२५ को अप्रिलमा सेरेसले ३१ हजार ४८८ न्यु इनर्जी भेइकल बिक्री गरेर नयाँ...

फुल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने टाटा कर्भ ईभीको एक्स सिरिज लन्च

फुल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने टाटा कर्भ ईभीको एक्स सिरिज लन्च

टाटा मोटर्सले आफ्नो पहिलो कुपे शैलीको एसयूभी टाटा कर्भ ईभीको नयाँ एक्स...

एवाेन ईभीमा ८ लाख सम्म छुट घोषणा, अन्य थुप्रै अफर

एवाेन ईभीमा ८ लाख सम्म छुट घोषणा, अन्य थुप्रै अफर

काठमाडौं – नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...