बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–सिएफमोटो नेपालले सिएफ मोटो मनियाक्स राइड–२ को घोषणा गरेको छ । हरेक महिना आयोजना हुने उक्त राइडको पहिलो संस्करण सफलतापूर्बक सम्पन्न भएपछि दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।
रोमाञ्चक अफ–रोड यात्राको अनुभवसहित, विशेष रूपमा सिएफमोटोका उत्साही चालकका लागि एडभेञ्चर राइड आयोजना गरिएको बताइएको छ । एडभेन्चर सेगमेन्टमा छोटो समयमा लोकप्रिय बन्न सफल सिफमोटोको ४५० एमटी बाइक राइडमा सहभागी हुने छन् ।
ककनी – रानीपौवा – ढिकुरे – नुवाकोट दरबार (अफ–रोड ट्रेल) रुटमा कात्तिक २२ गते शनिबार एडभेन्चर राइड हुनेछ । बिहान ८ बजे शुरु हुने राइड साझँ ५ बजे सम्पन्न कम्पनीले जनाएको छ । उक्त राइडमा एभरेष्ट बाइकर नेपालले टुर म्यानेजरको जिम्मेवारी लिएको छ ।
घना जंगल र उकालो अफ–रोड ट्रेलहरूको रोमाञ्चक यात्रा, लाङटाङ हिमालको मनमोहक दृश्य, हिलो, घुम्ती र कठिन बाटोहरूको चुनौतीपूर्ण अनुभवसँगै काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने छ । नदी, झरना र गाउँघरतर्फको सौहार्दपूर्ण यात्राका साथै स्थानीय आतिथ्य र अर्गानिक भोजनको स्वाद पनि लिन पाइने छ ।
अनुभवी मार्शल र ट्रिप गाइडका साथमा हुने सो राइडयात्राको क्रममा आवश्यकता अनुसार मेकानिकल सहयोग पनि उपलब्ध हुनेछ ।
एडभेन्चर राइडले सिएफमोटो कम्युनिटी र सिएफमोटो नेपालबीचको सम्बन्ध बलियो बनाउने, जिम्मेवार एडभेञ्चर राइडिङको प्रवद्र्धन गर्ने र नेपालका विविध प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य अन्वेषण गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...