भक्तपुरमा आजदेखी सीएफ मोटो एनके२५० को ग्रान्ड एक्सचेन्ज कार्निभल, के–के छन् सुबिधा ?

काठमाडौं – भक्तपुरको सल्लाघारीस्थित सिएफ मोटो सोरुममा आजदेखी एक्सचेन्ज कार्निभल सुरु भएको छ । सो क्षेत्रका लागि आधिकारिक बिक्रेता राइडर ग्रुपले कार्निभल आयोजना गरेको हो । राइडर ग्रुपले विगत ८ वर्षदेखी भक्तपुरमा सिएफ मोटो मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले हालै जिहो ब्रान्डको इलेक्ट्रिक स्कुटर समेत बिक्री गर्न थालेको छ ।

६ दिनसम्म चल्ने मेला सिएफ मोटोको एनएके२५० मोटरसाइकल लक्षित छ । एनके२५० अपग्रेड भएर आएपछि यस ग्रुपले पहिलोपटक ६ दिन लामो एक्सचेन्ज कार्निभल आयोजना गरेको हो ।

कार्निभलमा विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न आउने ग्राहकहरूलाई उक्त मोडल खरिद गर्दा बजार मूल्यांकनमा ५० हजार रुपैयाँ थप मूल्याकंन कम्पनीको तर्फबाट उपलब्ध गराइने बताइएको छ ।

फाइनान्समा खरिद गर्दा ५० प्रतिशत डाउनपमेन्ट गरी बाँकी रकमलाई शून्य प्रतिशत ब्याजदरमा २४ महिनाभित्र भुक्तानी गर्न सकिने, नगद खरिदमा उचित छुट प्रदान गरिनुका साथै उक्त मोडलमा ५ वर्ष सम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको भनाई छ । साथै, ग्राहकले एउटा आकर्षक हेल्मेट समेत निःशुल्क प्राप्त गर्नेछन् ।

युवा राइडरमाझ लोकप्रिय बनिरहेको सिएफ मोटो एनके२५० मा २७ बिएचपी पावर र २२ एनएम टर्क जेनेरेट गर्ने शक्तिशाली ईएफआई इन्जिन जडान गरिएको छ । उत्कृष्ट पर्फमेन्स र आकर्षकत लुक्स तथा डिजाइनका कारण पछिल्लो समय एनके२५० नेपाली राइडरमाझ लोकप्रिय बनिरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...