स्याम्पुले यसरी सफा गरौ कार

कार समय समयमा सरसफाई गरिरहनु पर्छ । कार सरसफाई एक अत्यावश्यक कार्य हो । कार सफा गर्नको लागि कार स्याम्पुको प्रयोग गर्नु उत्तम हुन्छ । कार स्याम्पुको प्रयोगले कारमा रहेको कडा दागहरु पनि सजिलै सफा गर्न सकिन्छ ।

कार सफा गर्नको लागि स्याम्पु, सफा पानी, सफा र नरम कपडा तथा वास बकेटको आवश्यकता पर्छ ।

कार धुनको लागि पहिला बाल्टिनमा सफा पानी र स्याम्पु घोल्नु पर्छ । यसले एक प्रकारको लेथरको निर्माण गर्छ । कार धुनको लागि होजपाइपको प्रयोग गर्नु हुन्छ भने पहिला साँघुरो स्ट्रिमबाट स्प्रे गर्नु पर्छ । जसले स्याम्पु र पानीलाई फोममा परिवर्तन गर्छ । त्यसपछि कपडा वा ब्रसले कार धुन सकिन्छ ।

कार धुँदा सबैभन्दा बढी कारको टायर र रिममा विशेष ध्यान दिनु पर्छ । यी स्थानहरुमा बढी फोहोर हुने गर्छ । कारको इन्टेरियर सफा गर्दा कारको म्याट वा कार्पेटमा पनि विशेष ध्यान दिनु पर्छ । यसमा यात्रीको जुत्ताको फोहोर बढी लाग्ने गर्छ । कार धुने बेलामा कारको माथिल्लो भागबाट सुरु गर्नुपर्छ ।

कारमा स्याम्पु प्रयोग गर्दा यसको फाइदा र बेफाइदा दुबै हुन्छ । कारमा स्याम्पु प्रयोग गर्दा यसले प्रभावकारी रुपमा सफा गर्छ । यसले कडा दागहरु पनि सजिलै सफा गर्न सकिन्छ । दुई बाल्टिन पानी भए कारलाई पूर्ण रुपमा सफा गर्न सकिन्छ । स्याम्पु कार र हात दुबैको लागि फाइदाजनक पनि हुन्छ । यसलाई भेइकलको कुनै पनि पार्ट्समा बिना कुनै जोखिम सफा गर्न सकिन्छ ।

स्याम्पुको प्रयोगले कारको बडी पार्ट्समा चमक ल्याउछ । स्याम्पुको प्रयोगले कार सुगन्धित पनि हुन्छ । यसको प्रयोग गर्न सजिलो पनि छ ।

यद्यपि कार स्याम्पुमा एक विशेष प्रकारको रासायनिक तत्व हुने भएकाले कार स्याम्पुको प्रयोगले कारको रङमा केही असर पर्न सक्छ । साथै कार स्याम्पु निकै महँगो पनि हुने गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...