जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सार्वजनिक भयो ‘ई.मास ५’
काठमाडौं–जनकपुरमा प्रोटोनको नयाँ सोरुम सञ्चालनमा आएको छ । प्रोटोन गाडीको...
काठमाडौँ–चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा सवारी साधनको आयातमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउन महिनामा मात्रै ९८७ युनिट कार, जीप र भ्यान नेपाल भित्रिएका छन् ।
उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब २४ प्रतिशत अर्थात् १९० युनिटले बढी हो । गत वर्ष साउनमा कुल ७९७ युनिट कार आयात भएका थिए ।
चालु आवको साउनमा विद्युतीय सवारी साधन (ईभी) को आयातमा उल्लेखिय रुपमा वृद्धि भएको छ । विभागका अनुसार गत वर्ष साउनमा जम्मा १६० युनिट ईभी आयात भएकोमा यस वर्ष चार गुणाले बढेर ६८९ युनिट पुगेको छ ।
साउन महिनामा मात्रै १ अर्ब ६१ करोड रुपैयाँ बराबरको विद्युतीय कार आयात भएको देखिन्छ, जसबाट सरकारले १ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष साउनमा ४१ करोड ८८ लाख रुपैयाँ बराबरका ईभी भित्रिएका थिए ।
साउनमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र भदौमा आयोजना हुने नाडा अटो शोलाई लक्षित गरी नयाँ ब्रान्ड र मोडलका ईभी भित्रिएका कारण आयात बढेको देखिन्छ । बजारमा एक दर्जनभन्दा बढी नयाँ ईभी ब्रान्डको प्रवेशले पनि यसमा सहयोग पु¥याएको छ ।
साउन महिनामा आयात भएका कुल ९८७ युनिटमध्ये इन्धन र हाइब्रिड कार भित्रिएका छन् । जसमा विद्युतीय ६८९ युनिट, पेट्रोल २१९ युनिट , डिजेल ५६ युनिट र प्लगइन हाइब्रिड २३ युनिट आएका छन् ।
तथ्याङ्क अनुसार साउनमा कुल २ अर्ब १९ करोड रुपैयाँ बराबरको कार आयात भएको छ । यसबाट सरकारले कुल २ अर्ब ४४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय सवारी साधनप्रति उपभोक्ताको बढ्दो आकर्षण र चाडपर्व लक्षित अटो शोका कारण आयातको ग्राफ उकालो लागेको देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...