यसरी चुस्त राख्नुस् गाडीको ब्रेक सिस्टम

रफ ड्राइभिङको कारणले गर्दा गाडीको पार्ट्स समय भन्दा पहिला नै खराब हुन सक्छ । रफ ड्राइभिङले सबैभन्दा बढी असर गाडीको ब्रेक सिस्टममा परेको हुन्छ । ब्रेक सिस्टमलाई सही तरिकाले राख्नका लागि केही कुरामा ध्यान दिनु पर्छ ।

ब्रेक सिस्टम धेरै तातो हुन नदिने
यदि ब्रेक सिस्टम धेरै समयसम्म तातो भएमा यसका विभिन्न पार्ट्सको आयु कम हुनुको साथै चाँडै खराब हुने डर रहन्छ । यस्तोमा कारको ब्रेक सिस्टमको तापक्रम कम गर्ने कोशिस गर्नु पर्छ । कारको होस् या बाइकको कहिल्यै पनि बारम्बार ब्रेक समाउनु हुँदैन ।

समय समयमा ब्रेक जाँच
गाडीको सर्भिसिङ भइसक्दा पनि समय समय गाडीको ब्रेक सिस्टमको बारेमा जाँच हुनु आवश्यक छ । विशेषगरी गाडीको पार्ट्सको राम्रो जानकारी नहुने चालकले यसको बारेमा विशेष ध्यान दिनु पर्छ ।

अन्य गाडीसँग दुरी कायम
ड्राइभिङको समयमा अगाडिको गाडीसँग धेरै नजिक भएमा समय समयमा ब्रेक लगाउनु पर्ने हुनसक्छ । यसले कारको ब्रेकिङ सिस्टम घिस्रन सक्छ । त्यसैले ड्राइभिङ गर्दा आफ्नो अगाडिको गाडीको भन्दा केही दुरी कायम गर्नु पर्छ ।

गियर डाउन गर्दा ध्यान
कार स्पिडमा ड्राइभिङ गर्दा यसको गियर कम गर्ने तरिकामा पनि ध्यान दिनुपर्छ । कार निश्चित गतिमा पुगिसकेपछि कारको गियर कम गर्दा गियरबक्समा असर पनि परेको हुँदैन । कमसेकम पहिलो ढलानमा पुगिसके पछि यस्तो युक्ति अपनाउनु पर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...