बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो’ ले ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी दिइएको हो । उक्त कार्यक्रममा क्याप्टेन विजय लामा सह–संस्थापकको रूपमा जोडिएको समेत जानकारी गराइयो ।
कार्यक्रममा बोल्दै कम्पनीका सिईओ अमिर लामाले कम्पनीले अबको ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने र एक वर्षभित्र विमानस्थलमा पिकअप सेवा सुरु गर्ने लक्ष्य लिएको बताए । हाल संचालनमा रहेका अन्य राइड शेयरिङ प्लेटफर्मको तुलनमा सजिलोले यात्रु र चालक दुवैको सुरक्षामा विशेष ध्यान दिएको उनको भनाई छ।
कम्पनीले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बीमा सुविधा पनि सुरु गरेको छ । कार्यक्रममा बोल्दै क्याप्टेन विजय लामाले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीले कमिसनबाट उठेको १० प्रतिशत रकम राइडरहरूको कल्याणकारी कोष ‘सजिलो कोष’ मा जम्मा गर्ने जनाएको छ । जसअनुसार यदि कुनै यात्रुले राइड अनुरोध गरेपछि र चालकले स्वीकार गरेपछि गन्तव्यमा पुगेर फर्किने बेलासम्म बीमाले सुरक्षा दिनेछ ।
यदि राइड रद्द भएमा पनि चालकलाई क्षतिपूर्ति दिने व्यवस्था कम्पनीले गरेको छ । आगामी फागुन १ गतेदेखी राइडरले कमिसनबापत रकम तिर्नुपर्ने व्यवस्था लागु गर्न लागिएको समेत सो कार्यक्रममार्फत जानकारी गराइयो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...