एमएडब्ल्यूले ल्यायो जेसीबी थ्रीडीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’, उद्योगमै पहिलोपटक भएको दाबी

काठमाडौं–नेपालको अग्रणी निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत नयाँ जेसीबी थ्रीडीएक्स सुपर खरिद गर्ने ग्राहकहरूले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको ४ वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् ।

तोकिएका सञ्चालन तथा नियमित मर्मतसम्भारका शर्तहरू पूरा भएको अवस्थामा, प्रयोग गरिसकेपछि पनि मेसिनलाई मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ प्राप्त हुनेछ । यसले ग्राहकलाई वित्तीय सुरक्षासहित भविष्यमा पुनःबिक्री मूल्यबारे स्पष्टता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो पहलले जेसीबी थ्रीडीएक्स सुपरको टिकाउपन, विश्वसनीयता तथा बजारमा यसको निरन्तर मागप्रति एमएडब्ल्यू अर्थमुभर्सको बलियो विश्वासलाई प्रतिबिम्बित गर्दछ । नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा धेरै प्रयोग हुने र भरपर्दा ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ ।

जेसीबी थ्रीडीएक्स सुपर उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका लागि परिचित छ । यस मेसिनले नेपालभरका सडक निर्माण, जलविद्युत् परियोजना, शहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न कामहरूमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।

एमएडब्ल्यू अर्थमुभर्सको ३२ भन्दा बढी देशव्यापी सेवा सञ्जाल तथा ४०० भन्दा बढी बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने दक्ष जनशक्ति मार्फत ग्राहकहरूलाई जेनुइन स्पेयर पाट्र्स र छिटो तथा भरपर्दो सेवा उपलब्ध हुँदै आएको छ । यही कारणले जेसीबी नेपालभरका ठेकेदार तथा पूर्वाधार निर्माण कम्पनीहरूको पहिलो रोजाइ बनेको कम्पनीले जनाएको छ ।

उपकरणको दीर्घकालीन मूल्य वृद्धि गर्ने, स्वामित्वसँग सम्बन्धित जोखिम घटाउने तथा नयाँ उद्यमीहरूलाई भरपर्दो निर्माण उपकरणमा लगानी गर्न प्रोत्साहन गर्ने लक्ष्यका साथ जेसीबी थ्रीडीएक्ससुपर ‘बाइ ब्याक ग्यारेन्टी’ योजना देशभरिका अधिकृत एमएडब्ल्यू जेसीबी डिलरहरूमार्फत उपलब्ध रहने जनाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...