बीवाईडीको प्रिमियम ब्रान्डको पावरफुल इलेक्ट्रिक सुपरकार डेन्जा जेड

चीनमा सम्पन्न बेइजिङ अटो शो २०२६ मा बीवाईडी अन्तर्गतको प्रिमियम ब्रान्ड डेन्जाले आफ्नो नयाँ इलेक्ट्रिक सुपरकार डेन्जा जेड पेश गरेको छ। अत्याधुनिक प्रविधि, शक्तिशाली परफर्मेन्स र आकर्षक डिजाइनका कारण सो गाडी अहिले विश्व अटो बजारमा चर्चाको केन्द्र बनेको छ।

चार सिट क्षमताको सो फुल इलेक्ट्रिक सुपरकारले १००० भन्दा बढी हर्सपावर उत्पादन गर्न सक्ने कम्पनीको दाबी छ। सो कारले २ सेकेन्डभन्दा कम समयमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ । यसलाई विश्वका तीव्र गतिका सुपरकारहरूमध्ये एक मानिने रिमाक नेभेराको प्रतिस्पर्धीको रूपमा हेरिएको छ। आगामी जुलाईमा गुडउड फेस्टिभल अफ स्पिडमा यसको पहिलो ट्र्याक प्रदर्शन गरिने तयारी गरिएको छ।

डिजाइनका हिसाबले पनि डेन्जा जेड निकै आक्रामक र आधुनिक देखिन्छ। लो स्लङ कुपे डिजाइन, ठूलो रियर विङ र एरोडाइनामिक बडीले यसलाई एकदमै स्पोर्टी लुक दिएको छ । साथै, यो गाडी कुपे र कनभर्टिबल गरी दुवै भेरिएन्टमा आउने सम्भावना रहेको छ।

यसमा स्टियर बाइ वायर सिस्टम, फोल्ड हुने स्टेयरिङ ह्विल र डिसस एम जस्तो स्मार्ट सस्पेन्सन सिस्टम जडान गरिएको छ। यसको सबैभन्दा महत्वपूर्ण विशेषता डिसस एम सस्पेन्सन सिस्टम हो, जुन याङवाङ यू नाइनबाट प्रेरित छ। सो प्रविधिले सडकको अवस्था अनुसार सवारीको सन्तुलन अटोमेटिक रूपमा मिलाएर अत्यन्तै आरामदायी र स्थिर यात्राको अनुभव दिने अपेक्षा गरिएको छ।

कम्पनीले डेन्जा जेडलाई यही वर्षदेखि उत्पादनमा ल्याउने लक्ष्य राखेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...