बेइजिङ अटो शो २०२६ मा बीवाईडीको नयाँ एट्टो ३ सार्वजनिक, ९ मिनेटमै चार्ज र ६३० किमी रेन्ज

बीवाईडीले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ को नयाँ पुस्ता पेश गरेको छ । बेइजिङ अटो शो २०२६ मा अनावरण गरिएको सो नयाँ मोडलमा उन्नत प्रविधि, ठुलो आकार र अत्यन्तै छिटो चार्ज हुने क्षमताका कारण निकै चर्चा चलेको छ ।

आकारको हिसाबले नयाँ एट्टो ३ अघिल्लो संस्करणको तुलनामा ठुलो बनाइएको छ । यसको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६७५ एमएम रहेको छ। साथै ह्विलबेस बढाइएकाले भित्रको क्याबिन अझ फराकिलो भएको छ । पर्याप्त स्पेसका लागि ७५० लिटर क्षमताको बुट स्पेस र अगाडिको भागमा थप १८० लिटर स्टोरेज सुविधा दिइएको छ ।

सो एसयूभी आधुनिक र आकर्षक देखिन्छ । यसमा नयाँ डिजाइन गरिएको बम्पर, १९ इन्चका अलोय ह्विल र फ्लश डोर ह्यान्डलले यसको बाहिरी रूपलाई स्टाइलिश बनाएको छ । इन्टेरियरमा नयाँ टु स्पोक स्टेयरिङ, आरामदायी सिट र आधुनिक सजावटले प्रिमियम अनुभव दिन्छ । यसमा खाना तथा पेय पदार्थ तातो वा चिसो राख्न मिल्ने विशेष बक्स, १६ स्पिकरको साउण्ड सिस्टम र २५६ रङको एम्बियन्ट लाइटिङ जस्ता फिचर पनि समावेश गरिएको छ ।

सो गाडीको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ब्याट्री र चार्जिङ प्रविधि हो । दुई फरक ब्याट्री विकल्पमा उपलब्ध हुने सो गाडीले एक पटकको चार्जमा अधिकतम ६३० किलोमिटरसम्म यात्रा गर्न सक्छ । पावरफुल मोटरले २७२ देखि ३२७ हर्सपावर उत्पादन गर्ने क्षमता राख्छ । कम्पनीले विकास गरेको नयाँ फ्ल्यास चार्जिङ प्रविधिका कारण सो गाडी केवल ९ मिनेटमै १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

भित्रिदै चाङ्गन ब्रान्ड, डिजिटल प्लेटफर्म सार्वजनिक, पहिलो १० विजेतालाई पुरस्कृत गरिने

भित्रिदै चाङ्गन ब्रान्ड, डिजिटल प्लेटफर्म सार्वजनिक, पहिलो १० विजेतालाई पुरस्कृत गरिने

काठमाडौं – विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘चाङ्गन’अब छिट्टै...

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर...

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...