इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना
काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको...
लगातार तीन पटक सम्म चठ्याङ लाग्दा पनि बीवाईडीको गाडी चट्याङबाट बच्न सफल भएको छ । चीनको बेइहाईस्थित ग्वाङसीको टाइसान सर्भिस एरियामा ड्राइभ गरिरहेको समयमा यसरी चट्याङ लागेको थियो । हाल यो समाचारले सामाजिक सञ्जालमा निकै नै चर्चा पाएको छ ।
यस्तो अवस्थामा पनि बीवाईडीको सो गाडीमा गम्भीर क्षति भएको छैन । बीवाईडीको सोङ प्लस ईभीमा यस्तो चमत्कारिक घटना भएको हो ।
चीनको चोङगिङ डेलीका अनुसार यस सम्बन्धी सबै परीक्षण गरेका एक जना मेकानिकले चट्याङका कारण गाडीको पावर प्याक, मोटर वा इलेक्ट्रोनिक कन्ट्रोल सिस्टममा कुनै पनि क्षति नदेखिएको बताए । गाडीको छतमा साना दुई वटा स्ट्राइक प्वाइन्ट मात्र देखिने गरेका छन् । आफ्नो १२ वर्षे करियरमा यस प्रकारको चट्याङको असर पहिलो पटक देखिएको उनले स्थानीय सञ्चार माध्यमहरुालई बताएका छन् ।
बीवाईडीको ब्रान्ड तथा पब्लिक रिलेसन तर्फका जनरल म्यानेजर लि युनफेईले तीन पटकको चट्याङबाट पनि बीवाईडी सोङ प्लस ईभीको अकुपेन्ट सेफ्टी वा कोर भेइकल सिस्टममा कुनै असर नपरेको बताए । गाडीको पावर कटअफ प्रोटेक्सन सिस्टमले स्वचालित रुपमा यो कार्य सम्भव बनाएको उनको भनाइ छ ।
बीवाईडीले ओसन सिरिज अन्तर्गत सोङ प्लस ईभी उत्पादन गर्दै आएको छ । चीनमा यो गाडीको मूल्य १ लाख ४९ हजार ८ सय आरएमबी अर्थात २० हजार ७४० डलर देखि १ लाख ७५ हजार ८ सय आरएमबी अर्थात २४ हजार ४८० डलर पर्छ ।
नेपालमा पनि बीवाईडीका सवारी साधन निकै नै रुचाइएको ब्रान्डमा पर्छन् । यद्यपि सोङ प्लस ईभी भने उपलब्ध छैन । हालै बीवाईडीले एट्टो १ अर्थात सिगल ह्याचब्याक ईभी भित्र्याएको छ । करिव २९ लाख मूल्यमै उपलब्ध हुने सो ईभीको हाल निकै नै चर्चा छ ।
नेपालमा बीवाईडीको आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले कार्य गरिरहेको छ । नेपाली बजारमा बीवाईडी डल्फिन, सिलायन ७, एट्टो ३ लगायतका मोडल बिक्रीका लागि उपलब्ध छन् ।
काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको...
हवाई यात्रालाई थप सजिलो बनाउन विश्वभर एयर ट्याक्सीको विकास भइरहेको छ।...
नेपाली बजारमा बीवाईडी एट्टो ३ को नयाँ भेरिएन्ट आउने भए पछि फेरि इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...