बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै सबैभन्दा प्रमुख सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ । चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो ।

सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रुपमा बढिरहेको छ । गत जनवरी देखि जुन सम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ ।

यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

प्रोडक्सन लाइनमा १ करोड ३० लाखौं सवारीको रुपमा न्यु इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरुको आशा र विश्वासलाई प्रतिविम्बित गरेको छ । याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको कम्पनीको भनाइ छ ।

याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यु इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ ।

बीवाईडीले सन् २०२३ को अगस्टमा ५० लाख एनईभी उत्पादन गरेको थियो भने १ करोड एनईभी सन् २०२४ को नोभेम्बर १८ मा उत्पादन गरेको थियो ।

नेपाली बजारमा साइमेक्स इंकले बीवाईडीको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । नेपाली बजारमा बीवाईडीका डल्फिन, एट्टो ३, सिल र एम मोडल बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

विवाइडी कार किन्नेलाई १२.९९ प्रतिशत व्याजदरमा नविल वैंकले कर्जा दिने

विवाइडी कार किन्नेलाई १२.९९ प्रतिशत व्याजदरमा नविल वैंकले कर्जा दिने

विवाइडी व्रान्डका इलेक्ट्रिक कार किन्ने ग्राहकलाई नविल वैंकले सहज रुपमा...

२० प्रतिशत डाउन पेमेन्ट र ४.९९ प्रतिशत ब्याज दरमा प्रोटोन ईमास ७ किन्न पाइने

२० प्रतिशत डाउन पेमेन्ट र ४.९९ प्रतिशत ब्याज दरमा प्रोटोन ईमास ७ किन्न पाइने

काठमाडौं – मलेसियाली अटो ब्रान्ड प्रोटोनले हालै नेपाल ल्याएको नयाँ...

युरोपियन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल भित्रिदै नेपाल

युरोपियन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल भित्रिदै नेपाल

नेपाली बजारमा हर्विन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...