विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै परिमार्जित भएको कर सम्बन्धी चासो देखाएको छ । नेपालमा बिक्री हुने विद्युतीय सवारीको मूल्यमा भारी वृद्धि हुने गरी भएको कर संशोधनले व्यवसायमा भन्दा पनि वातावरणीय पक्षहरू र धेरै सुस्त तर स्थिर रूपमा अघि बढिरहेको नेपाली ईभी बजारमा पार्न सक्ने बढी प्रभावलाई लिएर बीवाईडीले आफ्नो चिन्ता व्यक्त गरेको छ । परिमार्जित करको घोषणा भएसँगै सरकारले आफ्नो प्रमुख नीतिलाई बिर्सेको र यो निर्णय लगानीकर्ताका लागि मात्रै नभई आम जनताका लागि पनि एक भयमय उदाहरणको रुपमा कायम हुन सक्ने उसको भनाइ छ ।

समग्रमा नेपाली अटोमोबाइल उद्योगमा विद्युतीय सवारी साधनको कूल बजार हिस्सा जम्मा ५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा लगभग १५ हजार गैर–विद्युतीय सवारी साधन आयात गरिएको तुलनामा आयातीत १४०० ईभीले विद्युतीय सवारीहरूको प्रारम्भिक अनुकूलनतालाई स्पष्टरुपमा प्रकाश पार्दछ ।

विद्युतीय सवारी साधनहरुमा प्रयोग हुने प्रविधिको लागत उच्च रहेको र लागत सन्तुलनका लागि अटोमेकरहरूले उच्च मोटरको क्षमता प्रयोग गरी प्रिमियम मूल्य थप्ने गरेका छन् । त्यसर्थ अटोमेकरहरूले न्यून क्षमताको मोटरको सट्टामा स्ट्याण्डर्ड वा उच्च क्षमताको मोटर छनौट गर्ने गरेका छन् । ईभीमा हुने स्तरीय गुणस्तरलार्ई ध्यानमा राखी मोटर क्षमतालाई विलासितासँग जोड्नु वैज्ञानिक रूपमा गलत पनि भएको साइमेक्स इंकको भनाइ छ ।

उपयोगिता, रेन्ज र विश्वव्यापी बजारमै ईभी ट्रेन्डिङ्ग भएका कारण उपभोक्ताहरूले मिड–रेन्जका विद्युतीय सवारी साधनहरू बढी रुचाउने गरेका छन् । प्रस्तावित नयाँ करको नीतिले इन्ट्री लेभलका ईभीलाई प्रवद्र्धन गर्दछ जुन अझै पनि विश्वव्यापी रूपमा विकसित स्तरमै रहेको र व्यापक रूपमा अपनाइएको छैन । नेपाली बजारमा त्यही ट्रेन्ड प्रतिविम्बित हुँदै आएको छ र भविष्यमा पनि हुनेछ ।

साइमेक्स इंकले भनेको छ, ‘सरकारलाई पर्ने राजस्व नोक्सानी, आईसीई सवारी साधनहरूको थप अनुकूलन र इन्धनको पछिल्ला प्रयोगलाई प्रतिबिम्बित गर्दै यस नयाँ नीतिले ग्राहकहरुलाई ईभी खरिद गर्न प्रोत्साहन नगर्नुका साथै विद्युतीय सवारी साधनलाई अनुकूलन गर्ने र बिजुलीको आन्तरिक खपत थप बढाउँने सरकारी नीतिको कार्यान्वयन नभएको प्रस्टरुपमा देखिन्छ ।’

विद्युतीय सामान वाहकको सन्दर्भमा प्रस्तावित कर अवैज्ञानिक र तर्क रहित रहेको पुष्टि २० प्रतिशत दरले वृद्धि भएको भन्सार कर र ५ प्रतिशतले वृद्धि भएको अन्तःशुल्कले गरेको छ । राष्ट्रमा विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्नका लागि विद्युतीय सवारीको व्यावसायिक प्रयोग अत्यावश्यक भएको यथार्थ बिर्सनु नै यस संशोधित नीतिको कमजोरी भएको उसको तर्क छ ।

अनुकूलीत विद्युतीय सवारी नीतिलाई निरन्तरता प्रदान गर्नु भनेकै राष्ट्रले एक वा दुई वर्ष भित्रमै यस नयाँ प्रविधिलाई स्थानीयकरण गर्नु हो । उक्त समयसम्म नेपालले एसेम्बलिङ, म्यानुफ्याक्चरिङ र उत्पादन गर्नका लागि नवीनतम प्रविधिहरुको विकास समेत गर्न सक्नेछ र यो आफैमा एक निर्विवादीत फाइदा हो ।

साइमेक्स इंकले भनेको छ, ‘जलवायु परिवर्तनसँग लड्ने आफ्नो प्रतिबद्धता, नयाँ प्रविधिलाई आक्रामक रुपले अप्नाउने प्रविति र ईभी जस्ता नयाँ र दिगो प्रविधिहरूलाई स्थानीयकरण गरी विश्वव्यापीरुपमा नेपालको छविलाई सधैं उच्च राख्न सक्षम हुनेछौं ।’

सम्बन्धित समाचारहरू

जेनेभा मोटर शोमा सार्वजनिक भयो सनरुफ सहितको क्युट ईभी

जेनेभा मोटर शोमा सार्वजनिक भयो सनरुफ सहितको क्युट ईभी

स्विस कम्पनी माइक्रोले जेनेभा मोटर शोमा माइक्रोलिनो लाइट नामक एक क्युट...

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

टोयोटाले आगामी पुस्ताको इलेक्ट्रिक सवारी साधनका लागि सोलिड स्टेट...

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...