बेलायतमा बीवाईडीको दबदबा, ‘फ्ल्यास चार्जिङ स्टेशन’ को सफल परीक्षण
चिनियाँ अटो जायन्ट बीवाईडीले बेलायती बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको...
विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक बीवाइडीले एकपछि अर्को नयाँनयाँ मोडल लन्च गरिहेको छ । कम्पनीले हाईब्रिड र ब्याट्री इलेक्ट्रिकमा सस्तो र अत्याधुनिक मोडल लन्च गर्दै प्रतिस्पर्धीलाई चुनौती दिइरहेको छ ।
कम्पनीले हालै लन्च गरेको नयाँ हाईब्रिड सेडान अहिले मूल्यका कारण चर्चित वनिरहेको छ । चिनियाँ बजारलाई लक्षित गरि आएको क्विन प्लस डिएम–आई प्लग–ईन हाइब्रिडको ग्लोरी एडिसनलाई कम्पनीले प्रतिस्पर्धी ब्राण्डको यहि सेग्मेन्टभन्दा आधा सस्तो मूल्यमा लन्च गरेको हो । सो नयाँ कारको मूल्य जम्मा ११ हजार डलर निर्धारण गरिएको छ ।
नयाँ कारको मूल्य फक्सवागन लाभिडाको तुलनामा १५ प्रतिशत, टोयोटा कोरोला भन्दा ४० प्रतिशत र टोयोटाकै प्रियूस हाइब्रिडको तुलनामा ५० प्रतिशतले सस्तो पर्ने जनाइएको छ । यो नयाँ कारले हाइब्रिड सेडानको बजार कब्जा गर्ने अनुमान गरिएको छ ।
सो नयाँ कारमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ । ८.३२ र १८.३२ किलोवाट आवर ब्याट्री प्याक बिकल्प दिइएको कारको इलेक्ट्रिक रेन्ज ५५ किलोमिटर दावी गरिएको छ ।
साथै यसमा दुई फरक क्षमताको मोटर जडान गरिएको छ । जसको पावर १८० र १९७ बिएचपी छ भने टर्क ३१६ र ३२५ एनएम जेनेरेट गर्दछ । सस्तो मूल्यमा ल्याएपनि बीवाइडीले यसको फिचरमा कुनै कमी हुन दिएको छैन ।
चिनियाँ अटो जायन्ट बीवाईडीले बेलायती बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको...
चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक...
नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...