बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल सुपर लिग सिजन–२ मा ललितपुर सिटी फुटबल क्लबसगँ सहकार्य गर्ने भएको छ। यस सिजनमा क्लवको मोबिलिटी पार्टनरको रुपमा बीवाईडी हुने सम्झैता भएको हो। ९ ओटा फ्रेन्चाइज टोली रहेको नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग सिजन २ मा ललितपुर सिटी फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ।

यो सम्झौताले नवीन ऊर्जा, मोबिलिटी, दिगोपन र विविधतामा छुट्टै आयाम आउने विश्वास लिइएको छ। खेलको माध्यमबाटबाट दीर्घकालीन स्थिरताका लागि ठुलो योगदान हुन सक्ने साइमेक्स र बीवाईडीको विश्वास भएको बताइएको छ ।

ललितपुर सिटी क्लबको जर्सिमा बीवाईडीको लोगो राखिने छ, जसलाई अटोमोटिभ इनोभेसन र एथलेटिकको प्रतिकको रुपमा लिइएको छ। बीवाईडीले यस अघि पनि २०२१ मा सम्पन्न नेपाल सुपर लिगमा क्लवसगँ सहकार्य गरेको थियो ।

ललितपुर सिटी क्लबसगँको सहकार्य नवीकरण गर्न पाउँदा आफुहरु उत्सुक भएको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत शाहिल श्रेष्ठले बताए । उनले सवारी साधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरुलाई स्पष्टसँग देखाउने कुरामा ढुक्क भएको बताए ।

यो सहकार्यबाट उत्साहित भएको बताउदै ललितपुर सिटी फुटबल क्लबका प्रबन्ध निर्देशक आलोकजंग जोशीले यसबाट दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोग पुग्ने बताए ।

सम्बन्धित समाचारहरू

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको...

कामाका थप नयाँ मोडल ल्याउँदै मेगा मोटर्स

कामाका थप नयाँ मोडल ल्याउँदै मेगा मोटर्स

काठमाडौं–कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले थप नयाँ...

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...