बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालमा बीवाईडी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक साइमेक्स इंकले मन्त्रिपरिषदले हालै इलेक्ट्रिक गाडीमा लगाइएको अन्तःशुल्क घटाउन गरेको निर्णयलाई स्वागत गरेको छ ।
साइमेक्स इंकले भन्सार र अन्य करहरु यथावत रहे पनि अन्तःशुल्क क्षमता अनुसार २५ देखि ८० प्रतिशत सम्म घटाउन गरेको निर्णयलाई स्वागत गरेको हो । यद्यपि अन्य देशमा भएको व्यवस्था जस्तै विद्युतीय सवारीमैत्री नीति ल्याउनका लागि अझै थप कार्य गर्नुपर्ने बीवाईडीले बताएको छ ।
सरकारले हाल विद्युतीय सवारीका लागि आकर्षक योजना ल्याउन सक्ने अवस्था नरहे पनि यसका लागि रणनीतिक रुपमा दीर्घकालीन योजना र प्रतिवद्धता ल्याएर प्रस्थान विन्दुको रुपमा केही कार्य शुरु गर्न सकिने बताइएको छ ।
सुक्ष्म तहमा विद्युतीय सवारी साधन प्रयोगकर्ताका लागि चार्जिङ र पार्किङको व्यवस्थाका साथै पूर्वाधार विकासका लागि आवश्यक सहुलियत र जनशक्ति विकासका लागि केही व्यवस्था गर्नुपर्ने साइमेक्स इंकले बताएको छ ।
त्यसैगरी विद्युतीय बसको सञ्चालन र आर्थिक व्यवस्थापनका लागि विभिन्न मोडालिटी निर्माण गरी यसको प्रवद्र्धनका लागि आवश्यक व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।
नेपाली सडकमा समेत विद्युतीय सवारीको राम्रो सम्भावना भएको र यसबाट अन्य देशमा जस्तै वातावरणीय दृष्टिकोणले उपयुक्त सवारी साधन उपलब्ध गराउन पाउनु बीवाईडीले आफ्नो कर्तव्य सम्झेर यसका लागि आवश्यक व्यवस्था गर्ने बताएको छ ।
नेपालमा बीवाईडीका कार र पिकअप पहिले देखि नै उपलब्ध छन् । बीवाईडीका इलेक्ट्रिक बस समेत नेपाली बजारमा उपलब्ध हुने र यी बस लामो तथा छोटो दुवै दुरीमा सञ्चालन गर्ने योजना रहेको बताइएको छ । यसका लागि बीवाईडीले अपरेटरहरुबाट अभिव्यक्ति कार्य जारी गर्नका लागि प्रस्ताव समेत आह्वान गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...