नेपाल भित्रिदै बीवाईडी डल्फिन, देखियो सडकमा

काठमाडौं – नेपाली बजारमा बिक्रीको लागि तयारी भइरहेको बीवाईडीको इलेक्ट्रिक कार ‘डल्फिन’ नेपाली सडकमा देखिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सो इलेक्ट्रिक कार नेपाली बजारमा लन्च गर्ने अनौपचारिक जानकारी सार्वजनिक भए पनि यसको मिति भने तोकिसकेको छैन । यो अवस्थामा सो गाडी नेपाल भित्रिरहेको समयमा सडकमा देखिएको हो ।

बीवाईडी डल्फिन गत वर्ष चीनमा ९१६ प्रतिशत बढी बिक्री भएर नयाँ रेकर्ड कायम गरेको थियो । यो चीनमा बिक्री हुने इलेक्ट्रिक कार मध्ये चौथो नम्बरमा रहेको थियो ।

आगामी साउन देखि शुरु हुने नयाँ आर्थिक वर्षको प्रारम्भमै यो गाडी नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

ह्याचव्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनम ३०.७७ र ४४.९ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक पाउन सकिन्छ । यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।

यसमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसमा भएको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।

१८५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको बीवाईडी डल्फिनमा १६ इन्चको अलोय ह्विल प्रयोग गरिएको छ ।

बजारमा उपलब्ध फोर मिटर एसयूभीको साइज भन्दा केही मात्रै ठूलो डल्फिनको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । यसमा निकै लामो २७०० एमएमको ह्विलबेस पाउन सकिन्छ ।

बीवाईडी डल्फिनमा फ्ल्याटवटम मल्टी फङसनल स्टेयरिङ ह्विल, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको फ्लोटिङ टचस्कृन, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, प्यानारोमिक सनरुफ जस्ता फिचर पाउन सकिन्छ ।

बीवाईडीले नेपाली बजारमा हाल ई६ र एट्टो ३ जस्ता आकर्षक इलेक्ट्रिक सवारी साधन बिक्री–वितरण गरिरहेको छ । बीवाईडी डल्फिन समेत नेपाल भित्रिएमा यसले इलेक्ट्रिक सेगमेन्टमा अर्को प्रतिस्पर्धा थप्ने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...