ध्रुव थापाको विचार : नेपाल कमसल सवारी साधनको डम्पिङ साइट बन्ने खतरा
गत साल भन्दा पहिले सम्म इलेक्ट्रिक गाडीमा १० प्रतिशत मात्र भन्सार शुल्क...
चीनमा सन् २०२२ मा एकै पटक ९१६ प्रतिशतले बिक्री बढेर २ लाख ५ हजार युनिट बिक्री भएको बीवाईडीको इलेक्ट्रिक कार ‘डल्फिन’ नेपालमा समेत उपलब्ध हुने भएको छ । सन् २०२२ मा यो चीनमा धेरै बिक्री हुने ब्याट्री इलेक्ट्रिक सवारी साधनमा चौथो नम्बरमा रहेको थियो ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो इलेक्ट्रिक कार नेपाल ल्याउने तयारी भइरहेको बताएको छ ।
आगामी साउन देखि शुरु हुने नयाँ आर्थिक वर्षको प्रारम्भमै यो गाडी नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।
ह्याचव्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनम ३०.७७ र ४४.९ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक पाउन सकिन्छ । यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।
यसमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसमा भएको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।
१८५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको बीवाईडी डल्फिनमा १६ इन्चको अलोय ह्विल प्रयोग गरिएको छ ।
बजारमा उपलब्ध फोर मिटर एसयूभीको साइज भन्दा केही मात्रै ठूलो डल्फिनको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । यसमा निकै लामो २७०० एमएमको ह्विलबेस पाउन सकिन्छ ।
बीवाईडी डल्फिनमा फ्ल्याटवटम मल्टी फङसनल स्टेयरिङ ह्विल, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको फ्लोटिङ टचस्कृन, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, प्यानारोमिक सनरुफ जस्ता फिचर पाउन सकिन्छ ।
बीवाईडीले नेपाली बजारमा हाल ई६ र एट्टो ३ जस्ता आकर्षक इलेक्ट्रिक सवारी साधन बिक्री–वितरण गरिरहेको छ । बीवाईडी डल्फिन समेत नेपाल भित्रिएमा यसले इलेक्ट्रिक सेगमेन्टमा अर्को प्रतिस्पर्धा थप्ने छ ।
गत साल भन्दा पहिले सम्म इलेक्ट्रिक गाडीमा १० प्रतिशत मात्र भन्सार शुल्क...
काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार २४९ युनिट विद्युतीय स्कुटर...
काठमाडौं – सरकारले आज राजपत्रमा सूचना प्रकाशित गरे अनुसार विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...