बीवाईडी एट्टो१ अव डल्फिन हाराहारीकै साइजमा, पावर समेत बढ्ने
काठमाडौं–बीवाईडीको लोकप्रिय ह्याचब्याक कार एट्टो१(सिगल) ठूलो साइजमा आउने...
काठमाडौं–बीवाईडीको प्रिमियम सब–ब्रान्ड डेन्जाले आफ्नो नयाँ इलेक्ट्रिक सुपरकार डेन्जा जेडको मूल्य सार्वजनिक गरेसँगै विश्व बजारमा नयाँ हलचल पैदा भएको छ । अत्यधिक पावर र अत्याधुनिक प्रविधिले सुसज्जित यस हाइपरकारको स्वदेशी (चिनियाँ) र अन्तर्राष्ट्रिय बजारको मूल्यमा भने निकै ठूलो अन्तर देखिएको छ ।
चीनमा यस सुपरकारको प्रि–सेल ६ लाख ८० हजार युआन (करिब १,००,३०० अमेरिकी डलर) बाट सुरु हुन्छ । तर, विदेशी बजारमा पुग्दा यसको मूल्य निकै महँगो पर्न जान्छ ।
बेलायतमा यसको इन्ट्री लेभल कूप ट्रिमको सुरुवाती मूल्य १ लाख ४२ हजार ९०० पाउन्ड (करिब १,८४,८०० अमेरिकी डलर) तोकिएको छ, जुन चिनियाँ बजारको तुलनामा ८४ हजार डलरभन्दा बढी हो । बेलायतमा आयोजित प्रसिद्ध ‘गुडउड फेस्टिभल अफ स्पिड’ मा यसको विश्वव्यापी प्रदर्शन गरिएपछि यो मूल्य पुष्टि भएको हो ।
तीनवटा शक्तिशाली मोटर जडित यो हाइपरकारले १ हजार ५८२ हर्सपावरको संयुक्त ऊर्जा पैदा गर्छ, जसले यसको इन्टेलिजेन्ट अल–ह्वील–ड्राइभ प्लेटफर्मलाई शक्ति प्रदान गर्दछ । यसको पछाडिको एक्सलमा ३० हजार आरपीएमसम्म घुम्न सक्ने दुईवटा स्वतन्त्र इलेक्ट्रिक मोटरहरू राखिएका छन् । यही शक्तिका कारण यसको विशेष रेसिङ ट्रिमले मात्र १.९६ सेकेन्डमा ० देखि १०० किमी÷घण्टा को गति समात्न सक्ने दाबी गरिएको छ त्यसैगरी, यसको टप स्पीड प्रतिघण्टा ३५० किलोमिटर प्रमाणित गरिएको छ ।
यस कारमा अत्याधुनिक स्टियर–बाइ–वायर चेसिस प्रयोग गरिएको छ । यस प्रणालीले परम्परागत मेकानिकल स्टेयरिङ लिङ्कहरूलाई पूर्ण रूपमा हटाएर ट्र्याकमा गाडीको रेस्पोन्सलाई अझ बढी प्रभावकारी र सटिक बनाउँछ ।
सामान्यतया दुई सिटमा मात्र आउने सुपरकारहरू भन्दा फरक, कूप हार्डटप मोडलमा चार सिटको प्रिमियम इन्टेरियर लेआउट दिइएको छ । यसको लम्बाइ ४,७८० मिमी, चौडाइ १,९९० मिमी र ह्विलबेस २,७८० मिमी रहेको छ ।
यसमा ७६ किलोवाट आवर क्षमताको दोस्रो पुस्ताको फ्ल्याट–प्याक लिथियम–आइरन–फस्फेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । गाडीमा डुअल–गन फ्ल्यास चार्जिङ’ प्रविधि उपलब्ध छ, जसको मद्दतले मात्र ९ मिनेटमा १० प्रतिशतबाट ९७ प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ । आकस्मिक अवस्थाका लागि, मात्र ५ मिनेटको छोटो चार्जले पनि ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशततसम्म पु¥याउँन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...