यस्ता छन् बीवाईडी र चांगनका इलेक्ट्रिक भ्यान (मूल्य, ब्याट्री क्षमता र रेन्ज सहित)

इलेक्ट्रिक सवारीसाधनको माग बढेसँगै बजारमा विभिन्न सेग्मेन्टका यस्ता साधन भित्रिन थालेका छन् । बजारमा अहिले कार, मोटरसाइकल र अटो रिक्सा सहित प्यासेन्जर भ्यानको समेत विक्री हुन थालिसकेको छ ।

नेटा ब्रान्डको इलेक्ट्रिक कार आयात गरेर चर्चामा आएको सिजी मोटर्सले केही समयअघि चांगन ब्रान्डको भ्यान समेत भित्र्याएको छ । यो भ्यान आउनुअघि बीवाईडी र दीगो ब्रान्डमा यस्ता भ्यान उपलब्ध थिए ।

बीवाईडीले बिक्री गर्दै आइरहेको एमपी३ मोडलको इलेक्ट्रिक भ्यानमा ७ जना यात्रुले सवार गर्न मिल्छ भने चांगनको भी५ को सिट क्षमता ११ जना रहेको छ । जसमध्ये एम३ मा ४९.९ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री जडान गरिएको छ भने भी५ मा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री दिइएको छ । यी दुई मोडलको रेन्ज क्रमशः २७५ किलोमिटर र ३०० किलोमिटर दावी गरिएको छ । यी दुवै भ्यानको उच्च गति अधिकतम १०० किलोमिटर रहेको छ ।

ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दा एम३ को १८० एमएम र भी५ को १७५ एमएम रहेको छ । ७ सिटर भएर पनि मूल्यको मामलमा भने बीवाईडी एमपी३ चांगन भी५ को तुलनामा ३ लाख रुपैयाँले महंगो छ । एमपी३ लाई आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले ४५ लाख ५२ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ भने भी५ को मूल्य ४२ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

१५ थान मोटरसाइकल पछि विद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक २० वटा इलेक्ट्रिक कार

१५ थान मोटरसाइकल पछि विद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक २० वटा इलेक्ट्रिक कार

विद्युत प्राधिकरणले अहिले धमाधम नयाँ इलेक्ट्रिक मोटरसाइकल र गाडी खरिद...

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो  ब्याट्री सार्वजनिक

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो ब्याट्री सार्वजनिक

चीनको अग्रणी ब्याट्री सप्लायर गोसन हाई टेकले १ हजार किलोमिटर रेन्ज दिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...