बीवाईडी एट्टो ३ : फरेस्ट ग्रिन कलरमा १०० युनिट मात्र नेपाल आउने, मूल्य १ लाख बढी

काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३ का विभिन्न भेरिएन्ट मध्ये १०० किलोवाट मोटर क्षमतामा नयाँ कलर फरेस्ट ग्रिन समेत उपलब्ध हुने भएको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो इलेक्ट्रिक कारको नयाँ कलर भेरिएन्ट उपलब्ध गराउने बताएको छ । यसको लागि बुकिङ खुला गरिएको छ ।

यद्यपि नेपाली बजारमा सो कलर भेरिएन्ट सहितको बीवाईडी एट्टो ३ जम्मा १०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ । यसको मूल्य पनि अन्य कलर भेरिएन्टको तुलनामा १ लाख रुपैयाँ बढी हुनेछ ।

सो गाडीमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । १०० किलोवाट मोटर भएको बीवाईडी एट्टो ३ को मूल्य ६५ लाख ८८ हजार छ । तर फरेस्ट ग्रिन कलरयुक्त बीवाईडी एट्टो ३ को मूल्य भने ६६ लाख ८८ हजार रुपैयाँ हुनेछ ।

फरेस्ट ग्रिन कलर धेरैले रुचाउने कलर भएकाले यसको मूल्य बढी राखिएको कम्पनी स्रोतको भनाइ छ । अन्य फिचर भने उही हुनेछ ।

कम्पनीको दावी अनुसार यो कारलाई एकपटक फूल चार्ज गर्दा ४२० किलोमिटर रेन्ज पाउन सकिन्छ । ७ किलोवाटको चार्जरबाट चार्ज गर्दा ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिने एट्टो ३ लाई ८० किलोवाटको डिसी फास्ट चार्जरले ४५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

यो कारको टर्क ३१० एनएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहको छ । ५ जनाले आरामदायी यात्रा गर्न सकिने एट्टो ३ को वुट स्पेस ४४० लिटर छ।

सम्बन्धित समाचारहरू

ध्रुव थापाको विचार : नेपाल कमसल सवारी साधनको डम्पिङ साइट बन्ने खतरा

ध्रुव थापाको विचार : नेपाल कमसल सवारी साधनको डम्पिङ साइट बन्ने खतरा

गत साल भन्दा पहिले सम्म इलेक्ट्रिक गाडीमा १० प्रतिशत मात्र भन्सार शुल्क...

मध्यम वर्गीय परिवारका लागि सस्तो इलेक्ट्रिक कार ल्याउने होडमा यी कम्पनीहरु

मध्यम वर्गीय परिवारका लागि सस्तो इलेक्ट्रिक कार ल्याउने होडमा यी कम्पनीहरु

विश्वभर इलेक्ट्रिक कारको उत्पादन बढिरहेको छ र त्यसको बिक्री पनि तीव्र...

रास्वपाको बलियो सरकार बन्ने पक्का : सवारी साधनमा ३०० प्रतिशत कर घट्ने चर्चा

रास्वपाको बलियो सरकार बन्ने पक्का : सवारी साधनमा ३०० प्रतिशत कर घट्ने चर्चा

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा लगभग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...