बैशाख देखि सुन्दर यातायातले विद्युतीय स्कुटरबाट राइड सेयरिङ सेवा दिने, हाल परीक्षण चल्दै
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
काठमाडौं – गत हप्ता बीवाईडी अर्थात बिल्ड योर ड्रिम कम्पनीले ३० लाख युनिट न्यु इनर्जी भेइकल उत्पादन पुरा गरेको छ । चिनियाँ ग्लोबल ब्राण्ड बीवाईडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख युनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
बीवाईडीले न्यू इनर्जी भेइकलको क्षेत्रमा ३० लाख युनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको जनाएको छ । चिनियाँ निर्माताले पहिलो १० लाख युनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख युनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख युनिट उत्पादन र बिक्री ६ महिनामा पुरा गरेको हो ।
कम्पनीले पछिल्ला १८ महिनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाएको छ । यसलाई न्यु इनर्जी भेइकल उत्पादनको क्षेत्रमा निकै चाखपूर्ण तरिकाले हेरिदै आएको छ । यो उत्पादन र बिक्री आंकडाबाट न्यु इनर्जी भेइकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोबिलिटीमा कस्तो सहयोग पुगेको छ भन्ने प्रस्ट देखाएको छ ।

३० लाख युनिटको कार उत्पादन र बिक्री भएको खुसीयाली मनाउने क्रममा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए ।
उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दी इयरबाट सम्मान भएकी वाङ सुवाङलाई आफ्नो ३० लाखौं उत्पादन हस्तान्तरण गरे ।
बीवाईडीले आफ्नो ग्लोबल स्ट्राटेजी अनुसार भविष्यमा ग्लोबल अटोमोबाइल बजारमा प्यासेन्जर भेइकलको विकास र विस्तारमा अझै तीव्र गतिमा अगाडि बढ्ने जनाएको छ । अहिले बीवाईडीले आफ्नो उपलब्धता ६ वटै महादेशको ७० देशका ४०० भन्दा बढी सहरहरुमा पुर्याएको छ ।
बीवाईडीको ३० लाखौं उत्पादन एक महत्वपूर्ण माइलस्टोन मात्र नभई विश्व ग्रिन मोबिलिटीमा कसरी उत्साहका साथ अगाडि बढिरहेको छ भन्ने प्रमाण पनि हो । भविष्यमा बीवाईडीले आफ्नो पार्टनहरुसँगको सहकार्यमा हाई क्वालिटी प्रोडक्टको विकास गर्ने जनाएको छ । बीवाईडीले ग्रिन मोबिलिटीको विकासले हाम्रो पृथ्वीलाई हरित विश्वमा परिणत गर्न सघाउ पुर्याउनेमा विश्वास लिएको बताएको छ ।
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
काठमाडौं – त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डको ११ र १४ सिट क्षमताका...
विद्युतीय गाडी प्रयोग गर्नु वा किन्नु अघि तपाईले जान्नुपर्ने पहिलो कुरा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...