यस्तो छ तेज रफ्तारमा चल्ने बुगाटी बोलाइड हाइपर कार

फ्रान्सेली कार निर्माता कम्पनी बुगाटीले विश्व स्तरमा सबैभन्दा नयाँ ट्रयाक फोक्स्ड हाइपरकार बुगाटी बोलाइड सार्वजनिक गरेको छ । अल न्यु बुगाटी बोलाइडको अर्थ तीव्र गतिको कार भन्ने बुझिन्छ । सो कारमा कम्पनीले ८.० लिटर क्वाड टर्बाे डब्ल्यू१६ इन्जिनको प्रयोग गरेको छ ।

बोलाइडले ७००० आरपीएममा १८२४ बीएचपीको पावर र २००० आरपीएममा १८५० न्युटन मिटरको टर्क उत्पन्न गर्छ । सो इन्जिनको साथमा बुगाटीले ७ स्पिड डीएसडी अटोमेटिक गियरबक्सको प्रयोग गरेको छ ।

सो हाइपर कारको कुल वजन १२४० किलोग्राम रहेको छ । बुगाटी बोलाइड ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड मात्र २.१७ सेकेन्डमा तय गर्छ भने ० देखि ५०० किलोमिटर प्रति घन्टाको स्पिड मात्र २०.१६ सेकेन्डमा तय गर्छ ।

रिपोर्टका अनुसार सो कार ५०० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्छ । डिजाइनको कुरा गर्ने हो भने बुगाटी बोलाइड एक एक्सट्रिम परफर्मेन्स ओरिएन्टेड स्टाइल ल्याङवेजको साथमा उपलब्ध रहेको छ ।

सो कारको भेन्ट, स्कुप र कटको साथ यसको डिजाइन अझ उत्कृष्ट बनाएको छ । जसले कारलाई बढी वायुगतिकिय दक्षता दिएको छ । यसको साथै कारमा एक शार्क फिन र पछाडि एक विशाल एक्टिभ स्पोइलर पनि समावेश गरेको छ ।

बोलाइडमा लगाइएको रियर स्पोइलरले ३२० किलोमिटर प्रति घन्टाको स्पिडमा २६०० किलोग्रामको अधिकतम डाउनफोर्स प्रदान गर्छ । रियरमा लेयर्ड डिफ्युजर पनि उपलब्ध रहेको छ साथै फ्रन्ट र रियरमा क्वाड एक्जस्ट पाइप र एक्स शेप्ड हेडल्याम्प र टेललाइट पनि समावेश गरिएको छ ।

बुगाटी बोलाइड सुपरकारमा कार्बन फाइबर मोनोकक बडी छ । जसले कारलाई बलियो बनाउनुको साथै हल्का पनि बनाउछ । बुगाटीका अनुसार बोलाइडलाई टाइप ३५ रेस कारको डिएनएमा प्रयोगको लागि निर्माण गरिएको हो ।


लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...