केही दिन भित्रै ड्याटसन न्यु गो बीएस६ नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा बीएस६ मापदण्डयुक्त इन्जिन सहितको ड्याटसन न्यु गो कार भित्रिने भएको छ । ड्याटसनको आधिकारिक वितरक पायोनियर मोटोकर्पले करिव दुई साता भित्रै सो कार नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरिने बताएको छ ।

नेपाली बजारमा उपलब्ध हुने बीएस६ ड्याटसन न्यु गोको ए(ओ) ट्रिममा उपलब्ध हुनेछ । यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

ड्याटसन न्यु गोमा १.२ लिटर पेट्रोल इन्जिन समावेश छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ । १.२ लिटरको सो इन्जिनले ६८ बीएचपीको पावर र १०४ एनएमको टर्क जेनेरेट गर्छ ।

कारमा २,४५० एमएम लामो ह्विलबेसका साथै १८० एमएम ग्राउन्ड क्लियरेन्स छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथ ७ इन्चको टचस्क्रिन इनफोटेनेमन्ट सिष्टम, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, एलईडी डीआरएल, हेडल्याम्पका साथ फलो मी फिचर, ठूलो डायनामिक फ्रन्ट ग्रिल, १४ इन्चको डायमन्ड कट अलोय ह्विल आदि फिचर छन् ।

सुरक्षाका लागि यो कारमा ड्युअल एयरब्याग, डायनामिक कन्ट्रोल, रिभर्स पार्किङ सेन्सर, एबीएसका साथ ईबीडी आदि सुविधा उपलब्ध छन् ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...