नागढुङ्गा सुरुङमार्गको टोल शुल्क निर्धारण, कुन सवारी साधनलाई कति ?
काठमाडौँ–सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि...
बाँके–नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा पुगेको छ ।
पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ सम्म भए पनि निर्माण गति हेर्दा समयावधिभन्दा अगावै पुल निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।
उनले भने, ‘खजुराबासीले भोगिरहेको लामो समयदेखिको सास्ती अबको केही समयमै अन्त्य हुनेछ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने गरी काम अघि बढाएको छ।’ काम छिटो गर्ने नाममा गुणस्तरमा सम्झौता नहोस् भन्न हुलाकी राजमार्ग निर्देशनालयले नियमित रूपमा कार्यस्थलमै पुगेर अनुगमन गरिरहेको छ । नेपालगन्ज–गुलरिया सडक खण्डकै लाइफ लाइन मानिने यो पुलले बाँके र बर्दियाको आवागमनलाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ ।
नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ। पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ । नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित आठ करोड ९६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
खजुरामा चार लेन सडक भए पनि वर्षौँ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुल भएका कारण सानो वर्षामा समेत नालाको पानी सडक भएर बग्दा बर्षायाममा आवागमन प्रभावित हुने गरेको थियो । रासस
काठमाडौँ–सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ ।...
पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुल एक सातापछि सुचारु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...