बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुल्ला

नेपाली बजारमा बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुला गरिएको छ । आधिकारिक बितरक इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले अमेरिकन प्रबिधीमा आधारित यो ब्याकहो लोडरको बुकिङ खुल्ला गरेको हो । काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरा, वीरगञ्ज र इटहरी लगायत विभिन्न मुख्य शहरहरूमा रहेका शाखा कार्यालयबाट यसलाई बुकिंग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

भारतको चेन्नइस्थित फ्याक्ट्रीमा उत्पादन भएको यो लोडर नेपाल लगायत एसियाली र अफ्रिकी मुलुकलक्षित रहेका कारण नेपालका लागी निकै नै उपयुक्त हुने दाबी गरिएको छ । यसलाई नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षणपछि सार्वजनिक गरिएको हो ।

उक्त मेसिनमा रहेको हिटिंग प्रविधि परीक्षणका लागि नेपालको माथिल्लो मुस्तांग ९४००० अल्टिट्युड उचाईमा परीक्षण गर्दा समेत सहजै चलेको कम्पनीको दाबी छ । यो लोडरमा विश्व प्रसिद्ध पर्किन्स इन्जिन प्रयोग गरिएको छ । ९४ हर्स पावरको शक्ति प्रदान गर्ने तथा उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले कार्य सम्पादनमा सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी कम्पनीले गरेको छ ।

सम्बन्धित समाचारहरू

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

काठमाडौँ – आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित...

ट्रकको पछाडि लेखिएको ट्रक साहित्यको फोटो खिच्दा आइफोन जित्ने अवसर

ट्रकको पछाडि लेखिएको ट्रक साहित्यको फोटो खिच्दा आइफोन जित्ने अवसर

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...

भारतीय राजदुतावासलाई अशोक लेल्यान्डको एड्भान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

भारतीय राजदुतावासलाई अशोक लेल्यान्डको एड्भान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

काठमाडौं – नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आइएमई ग्रुप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...