लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
काठमाडौं – विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड बीएमडब्ल्यु सोरुमको औपचारिक शुभारम्भ हुने भएको छ । नेपाली बजारका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी प्रिमियम मोटर्सले सोमबार एक कार्यक्रमका बीच यसको सोरुम भर्चुअल रुपमा शुभारम्भ गर्ने बताएको छ ।
हाल कोभिड–१९ संक्रमण हुने डरको समयमा विभिन्न कार्यहरु भर्चुअल रुपमा हुने गरेकोमा बीएमडब्ल्यु सोरुमको शुभारम्भ पनि त्यसै अनुसार गरिने कम्पनीको भनाइ छ । यससँगै नेपाली बजारमा बीएमडब्ल्यु गाडीको औपचारिक बिक्री प्रारम्भ हुनेछ ।
बीएमडब्ल्यु नेपालको अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट यसको प्रत्यक्ष प्रसारण गरिने छ ।
बीएमडब्ल्युको सोरुम राजधानीको तीनकुनेमा अवस्थित छ । यसका हाल दुई मोडलका गाडी एक्स५ र एक्स२ नेपाली बजारमा उपलब्ध भइसकेका छन् । यी गाडीको मूल्य क्रमशः ४ करोड ३० लाख र २ करोड रुपैयाँ तोकिएको बताइएको छ ।
लक्ष्मी प्रिमियम लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल नेपाली बजारमा हुन्डाईका गाडी समेत बिक्री–वितरण गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...