अब कारमा समेत ब्ल्याक बक्स हुने, के हो ब्ल्याक बक्स ? यसले कसरी गर्छ काम ?

ब्ल्याक बक्सको प्रयोग विशेषगरी प्लेन र हेलिकप्टरमा गरिन्छ । ब्ल्याक बक्स एउटा यस्तो यन्त्र हो जसले विमानसँग सम्बन्धित सबै डाटा रेकर्ड गर्छ । कुनै दुर्घटना वा आपराधिक गतिविधि भएमा ब्ल्याक बक्सबाटै सबै जानकारी सङ्कलन गरिन्छ ।

अब सबै सवारी साधनमा पनि ब्ल्याक बक्सको प्रयोग हुने भएको छ । युरोपेली संघले केही समय पहिले युरोपमा बिक्री हुने कारहरूमा ब्ल्याक बक्स अनिवार्य गरेको थियो ।

कारमा ब्ल्याक बक्सले कारको गति, ब्रेक, स्टेयरिङ पोजिसन, सिटबेल्टको प्रयोग जस्ता डाटा यसमा सधैं उपलब्ध गराउने छ । यसका साथै कारमा भएको कुराकानी रेकर्ड गर्नका लागि यसमा भ्वाइस रेकर्डिङ पनि हुनेछ । यो अहिलेसम्म पुष्टि भएको छैन, तर यसमा भिडियो रेकर्डिङको विकल्प पनि आउन सक्छ, जुन कारमा उपलब्ध हुनेछ । यसमा प्रत्येक ड्राइभको डाटा समावेश हुनेछ ।

ब्ल्याक बक्सको विशेषता भनेको सम्बन्धित कार कम्पनीको वर्कशपमा मात्रै स्वीच अफ गर्न सकिनेछ । कारको चालकले कुनै पनि परिस्थितिमा यसलाई बन्द गर्न सक्नेछैन । यो ब्ल्याक बक्सले कारको इग्निशन सुरु हुने बित्तिकै आफ्नो काम सुरु गर्नेछ र यसमा निरन्तर रेकर्डिङ हुनेछ ।

हाल सम्म बजारमा उपलब्ध हुने मर्सिडिज बेन्ज, औडीका केही मोडेलहरू, बीएमडब्ल्यु, रोल्स रोयस, लम्बोर्गिनी र बुगाटी जस्ता कारमा ब्ल्याक बक्सको प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक

प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक

काठमाडौं – विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन...

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पाण्डे विजयी

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पाण्डे विजयी

बुटवल – पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यम प्रसाद पाण्डे...

कारको सिटमा बस्दा यसरी मिलाउनुस् आफ्नो पोजिसन

कारको सिटमा बस्दा यसरी मिलाउनुस् आफ्नो पोजिसन

कार चलाउदा ड्राइभिङ सिटमा बस्ने स्थिति वा पोजिसनमा ध्यान दिइएन भने ढाड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...