बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नयाँ वर्ष २०७८ को आगमनसँगै विभिन्न बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफरको लहर ल्याउन थालेका छन् । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि नयाँ वर्षको अवसरमा आकर्षक अफर ल्याउने कार्य प्रारम्भ भएको छ ।
हाल सम्म बजाज, सुजुकी, यामाहा, टीभीएस, बेनेली, हिरो र भेस्पा तथा अप्रिलियाले अफर सार्वजनिक गरिसकेका छन् । यही अफरका आधारमा ग्राहकले आफूलाई मन परेको ब्रान्ड र मोडलको बाइक वा स्कुटर किन्न सक्छन् ।
अधिकांश कम्पनीहरुले नगद छुट प्रदान गर्नुका साथै एक्सचेन्ज र फाइनान्स स्किम तथा विभिन्न एसेसरिज प्रदान गर्ने गरेका छन् ।
बजाजको शून्य अफर
नयाँ वर्ष २०७८ को अवसरमा बजाज बाइक किन्दा कमसेकम १० हजार रुपैयाँ छुट पाइने भएको छ । बजाजले ल्याएको शून्य अफर अन्तर्गत बजाजका बाइक किन्न चाहने ग्राहकको सम्पूर्ण विवरण सोरुमहरुले भरिसके पश्चात उनीहरुलाई एउटा कोड उपलब्ध हुनेछ । सो कोडमार्फत उनीहरुलाई जति धेरै शून्य जान्छ, उति नै रुपैयाँ छुट उपलब्ध हुनेछ ।
यस अन्तर्गत न्यूनतम १० हजारका साथै १ लाख र १० लाख रुपैयाँ सम्म पर्नेछ । जति धेरै शून्य पर्छ, त्यति नै धेरै रकम ग्राहकले प्राप्त गर्नेछन् ।
त्यसैगरी बजाजका बाइक किन्दा शुरुमा बाइकको मूल्यको ५० प्रतिशत रकम बुझाए पछि बाँकी रकम १८ महिना सम्म तिर्न सकिने छ । यसरी बाँकी रकममा कुनै पनि ब्याज लाग्ने छैन । यसरी शून्य प्रतिशत ब्याजमा बाइक किन्न सकिने यसै अन्तर्गतको अर्को फाइदा उपलब्ध हुनेछ ।
यसरी शून्यलाई आधार मानेर स्किम ल्याएकोले यसको नाम नै ‘बजाज शून्य अफर’ राखिएको कम्पनीको भनाइ छ ।
सुजुकीमा १० हजार छुट
सुजुकी बाइक तथा स्कुटर किन्न चाहने ग्राहकले १० हजार नगद छुट पाउने भएका छन् ।
नयाँ वर्ष बिग हर्ष नाम दिइएको सो अफर अन्तर्गत बाइक किन्नका लागि फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध हुनेछ । कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरसँग नयाँ सुजुकी बाइक वा स्कुटर साट्न सकिने छ ।
देशभरका सुजुकी सोरुममा उपलब्ध हुने सो सुविधा लिनु पहिले बाइक वा स्कुटर टेस्ट राइड गर्न सकिने सुविधा समेत उपलब्ध छ ।
टीभीएसको अफर : १० हजार, अपाचे आरआर ३१० देखि प्रोटोन सागा गाडी सम्म पाइने
टीभीएसले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘टीभीएस वा, वाह्, वाहह्’ ग्राहक योजना अघि ल्याएको छ ।
यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर रहेको कम्पनीले जनाएको छ ।
यसका साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये एकजना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहारस्वरुप प्रदान गरिने कम्पनीको भनाइ छ ।
यो योजना यतिमा मात्र सीमित नभएर ‘वा’ बाट ‘वाह्’हुँदै ‘वाह्ह्’सम्मको थप भव्य बनाउन योजनाको अन्त्यमा एकजना अति नै भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरुप स्ट्यान्डर्ड एमटी भर्सनको नयाँ प्रोटोन सागा गाडी फेसबुक लाइभमार्फत प्राप्त गर्नेछन् ।
यामाहाको फ्रिडम इनिसिएटेड योजना
यामाहा नेपालले नयाँवर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ ।
नवउत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्य्राच कार्डमार्फत ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् ।
ग्राहकवर्गलाई थप सुविधा दिने उद्देश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको बताएको छ, जस अनुसार मोटरसाइकल तथा स्कुटरहरु शून्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईएमआई.सुविधाका साथ पाउन सकिन्छ ।
हिरोको हात खाली नहुने स्किम
हरोले ‘नयाँ वर्ष हिरोको साथ, खाली हुन्न हात’ नामक स्किम ल्याएको छ, जसमा नगद छुट तथा शून्य प्रतिशत डाउन पेमेन्टको स्किम उपलब्ध छ ।
हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म छुट पाउन र लक्की ड्र मार्फत १ लाखसम्म जित्न सक्ने छन् । त्यस्तै हिरोका मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत डाउनपेमेन्टमा समेत खरिद गर्न सकिने छ । त्यस्तै एक्सचेन्ज समेत गर्न सकिने र यसका लागि तुरुन्तै सबै सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
मोटरसाइकल वा स्कुटर किनेपछि ग्राहकले सर्भिसिङ गर्दा इन्जिन आयलमा ३० प्रतिशत र स्पेयर पार्ट्समा ७ प्रतिशत छुट प्राप्त गर्नेछन् । यी वाहेक ग्राहकलाई निःशुल्क हेल्मेट र विभिन्न एसेसरिज समेत प्रदान गरिने छ ।
बेनेलीको क्यास डिस्काउन्ट
याँ वर्ष २०७८ को अवसरमा बेनेली बाइक किन्दा क्यास डिस्काउन्ट पाइने भएको छ । बेनेली टीएनटी १५ र टीएनटी १५०आई खरिद गर्दा १५ हजार रुपैयाँ सम्म नगद छुट पाइने छ ।
त्यसैगरी बेनेली ३०२एस खरिद गर्दा एजीभी हेलमेट डिस्काउन्ट भौचरको रुपमा १० हजार सम्म नगद छुट पाइने भएको छ ।
भेस्पा अप्रिलियाका तीन विकल्प
भेस्पा अप्रिलिया नयाँ वर्षको धमाल योजना राखिएको स्किम अन्तर्गत ३ मध्ये आफूलाई मन लागेको कुनै १ विकल्प रोज्न सकिने छ ।
स्किम अन्तर्गत कुनै पनि स्कुटरमा नगद ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यसैगरी फाइनान्समार्फत स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा उपलब्ध हुनेछ ।
यी वाहेक आफूसँग भएका कुनै पनि ब्रान्डका पुराना बाइक वा स्कुटरसँग भेस्पा अप्रिलियाका स्कुटर साट्न चाहनेका लागि थप १० हजार रुपैयाँ भ्यालुएसन हुनेछ ।
नयाँ स्कुटर किन्ने ग्राहकलाई हेलमेट र किरिङलगायतका एसेसरिज समेत उपलब्ध हुने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...