सुजुकीले परीक्षण गर्दै नयाँ सानो इलेक्ट्रिक कार स्काई भिजन, अर्को वर्ष लन्च हुने सम्भावना
सुजुकीले इलेक्ट्रिक सेगमेन्टमा सानो नयाँ मोडल स्काई भिजन विकास गरिरहेको...
गुगलले एक दशकपछि आफ्नो म्यापमा सबैभन्दा ठूलो अपडेट गरेको छ । गुगल म्यापमा जेमिनी एआई र नयाँ इमर्सिभ थ्रीडी नेभिगेसन सुबिधा थप गरिएको हो ।
साथै, यसमा ‘आस्क म्याप’ सुविधा राखिएको छ, जसले जेमिनी एआईको सहयागमा विशिष्ट प्रश्नहरूको जवाफ दिन र व्यक्तिगत सिफारिसहरू प्रदान गर्न मद्धत गर्दछ ।
एपमा दिइएको ‘आस्क म्याप’ बटन ट्याप गरेर चालकले आफ्ना प्रश्नहरूको जवाफ कुराकानीमा प्राप्त गर्न सक्ने जनाइएको छ । गुगलका अनुसार, ‘आस्क म्याप’ अद्वितीय रूपमा उपयोगी रहेको छ ।
म्यापको ताजा जानकारीमा ट्याप गरेर आवश्यक पर्ने सबै कुरा देखाउन, प्रतिक्रियाहरू निजीकृत गर्न र योजनाहरूलाई कार्यमा परिणत गर्न सजिलो बनाउने गुगले जनाएको छ ।
इन्टरफेसलाई थ्रीडी विल्डिङ र भू–भागको यथार्थपरक चित्रणको साथ थप इमर्सिभ अनुभव प्रदान गर्न पनि अद्यावधिक गरिएको छ ।
गुगलका अनुसार, यो अपडेटले सडकमा केन्द्रित र सूचित रहन मद्दत गर्नुको साथै, ताजा, वास्तविक विश्व जानकारी र प्राकृतिक दिशाहरू सहित चालकलाई तयार पार्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...