बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको यात्रामा रोक
काठमाडौँ — देशका विभिन्न भू–भागमा जारी अविरल वर्षासँगै बाढी तथा पहिरोको...
काठमाडौं - धादिङको निलकण्ठ नगरपालिकास्थित भैरवी इन्टरप्राइजेज देशभरका १ हजार ५ सय ३० पेट्रोलपम्पमध्ये सर्वाधिक इन्धन बिक्री गर्ने पम्प बन्न सफल भएको छ। नेपाल आयल निगमको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा भैरवी इन्टरप्राइजेजले सर्वाधिक कारोबार गर्दै लगातार तेस्रो वर्ष पहिलो स्थान कायम गरेको हो।
निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगञ्जका अनुसार भैरवी इन्टरप्राइजेजले गत आवमा आयल निगमबाट १ अर्ब ९९ करोड ११ लाख ६० हजार २ सय ६५ रुपैयाँ बराबरको पेट्रोल र डिजेल खरिद गरेको छ। निगमबाट खरिद गरिएको इन्धनमा नाफा र ढुवानी लागतसमेत जोडेर बिक्री गरिने हुनाले पम्पको कुल कारोबार रकम २ अर्ब रुपैयाँभन्दा बढी हुने देखिन्छ।
त्यस्तै, सूचीको दोस्रो स्थानमा काठमाडौँको सामाखुसीस्थित प्रहरी कल्याण कोष पेट्रोलपम्प रहेको छ। निगमको बागमती प्रादेशिक कार्यालय थानकोटका अनुसार सो पम्पले १ अर्ब ८५ करोड ५३ लाख १ हजार १ सय ४७ रुपैयाँको इन्धन खरिद गरेको छ।
तेस्रो स्थानमा चितवनको नारायणगढ चोकमा सञ्चालित कैलाश आयल डिस्ट्रिब्यूटर्स (१ अर्ब ६७ करोड ९१ लाख), चौथो स्थानमा नेपाल आर्मीद्वारा काठमाडौँको भद्रकालीमा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेशन (१ अर्ब ६७ करोड ३६ लाख) र पाँचौँ स्थानमा ललितपुरको पुल्चोकस्थित साझा सेवा सहकारी (१ अर्ब ४१ करोड ५० लाख) रहेका छन्।
त्यसैगरी, बुटवलको मिलन ब्रदर्स सप्लायर्स (१ अर्ब ३४ करोड ९३ लाख) छैटौँ स्थानमा छ भने सातौँदेखि दसौँ स्थानसम्म क्रमशः प्रहरी कल्याण कोष नक्साल, भक्तपुर फ्युल सेन्टर, सत्यनारायण प्रालि बालाजु र बागमती आयल सप्लायर्स रहेका छन्।
सातौँ स्थानमा रहेको नक्सालस्थित प्रहरी कल्याण कोष पम्पले एक अर्ब ३३ करोड ८९ लाख २६ हजार २७७ रुपैयाँ, आठौँ स्थानमा रहेको भक्तपुर फ्युल सेन्टरले एक अर्ब १८ करोड ७६ लाख ७० हजार ६०३, नवौँ स्थानमा रहेको बालाजुस्थित सत्यनारायण प्रालिले १ अर्ब १७ करोड ९४ लाख ९३ हजार १५६ र १०औँ नम्बरको बागमती आयल सप्लायर्सले १ अर्ब १७ करोड ७ लाख ३४ हजार ५७ रुपैयाँको तेल खरिद गरेर लगेको निगमको थानकोट डिपोले जनाएको छ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार देशभर सञ्चालित पम्पहरूमध्ये वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको इन्धन कारोबार गर्ने पम्पको संख्या १६ पुगेको छ। शीर्ष १० बाहेक चितवनको साझा, नुवाकोटको भैरवी आयल, बाराको पथलैयास्थित प्रहरी कल्याण केन्द्र र अमलेखगञ्जको आकाश पेट्रोलियम, सशस्त्र प्रहरीको शक्तिदेवी लगनखेल तथा काठमाडौँको हिमाल इन्टरप्राइजेजले पनि १ अर्बभन्दा बढीको इन्धन बिक्री गरेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...