काठमाडौं – बेनेलीको नयाँ २०२१ मोडल बाइक टीएनटी ३०२एस नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनलले सो बाइकको लागि बुकिङ खुल्ला गरेको छ ।
यो बाइकमा ३०० सीसीको इनलाइन टु सिलिन्डर, फोर स्ट्रोक लिक्विडकुल्ड इन्जिन छ, जसले १२ हजार आरपीएममा २८ किलोवाट पावर र ९ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ । ६–स्पिड गियरबक्सयुक्त इन्जिन भएको सो बाइकमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम छ ।
नियोन ग्रिन, ब्ल्याक र ह्वाइट गरी तीन वटा कलरमा सो बाइक उपलब्ध हुनेछ । नियोन ग्रिनको मूल्य ९ लाख ८६ हजार र ब्ल्याक तथा ह्वाइटको मूल्य ९ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा अब २०२१ को नयाँ मोडल उपलब्ध हुनेछ ।
यी बाइक शुरुमा ४० प्रतिशत डाउन पेमेन्ट गरी किन्न सकिने बेनेलीको ग्वार्कोस्थित सोरुमका सञ्चालक उमेश अधिकारीले बताए । बेनेलीले हाल विभिन्न मोडलका बाइकमा विभिन्न प्रकारको स्किम उपलब्ध गराइरहेको र नयाँ बाइकमा समेत स्किम अन्तर्गतको सुविधा उपलब्ध हुने उनले बताए ।