सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं– बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (बीएमसीभी) ले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेर मनाएको छ ।

तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पु¥याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ ।

यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कर्मचारी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त कार्यक्रममार्फत ५१ युनिट रगत संकलन गरिएको छ, जसले देशको स्वास्थ्य प्रणालीलाई सहयोग पु¥याउनुका साथै धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

साथै, कम्पनीले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना व्यक्तिहरू लाभान्वित भएका छन् । व्यक्तिगत स्वास्थ्यबारे सचेतना बढाउने र कर्मचारी तथा स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यी शिविरहरूको आयोजना गरिएको हो ।

पर्यावरणीय जिम्मेवारीतर्फ पनि कम्पनीले विशेष ध्यान दिएको छ । कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । यस पहलमार्फत दिगोपनको महत्त्व उजागर गर्दै भविष्यका पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान गर्ने सन्देश दिएको छ ।

ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।

आफ्नो तीन वर्षको यात्रा पूरा भएको असवरमा कम्पनीले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अगाडि बढाउने प्रतिबद्धता दोहो¥याएको छ । यी कार्यक्रममार्फत कम्पनीले आफ्नो दृष्टिकोण केवल व्यापारिक सफलतामा सीमित नभई समाजमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेको स्पष्ट पारेको छ ।

सम्बन्धित समाचारहरू

आइसरका बीएस६ गाडी नेपाल भित्रिदै, छिट्टै बुकिङ खुला हुने

आइसरका बीएस६ गाडी नेपाल भित्रिदै, छिट्टै बुकिङ खुला हुने

काठमाडौं – भल्वो आइसरको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु...

भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटर बन्यो बतास एमएडब्लु कमर्सियल भेइकल्स

भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटर बन्यो बतास एमएडब्लु कमर्सियल भेइकल्स

काठमाडौं – नेपालमा भल्वो आइसरका सवारी साधनको आधिकारिक वितरक बतास एमएडब्लु...

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

पोखरा – गण्डकी प्रदेशमै पहिलोपल्ट युरो सिक्स अर्थात बीएस६ मापदण्डको भल्वो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...