ईभी बजारमा महिन्द्रा पायोनियर भएको र उचित समयमा विभिन्न मोडल नेपाल आउने बस्नेतको भनाइ

नेपालको अटो बजार अहिले निकै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयसम्म आयात प्रतिबन्धका कारण मर्कामा परेको यो क्षेत्र पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा गरिएको कडाईको सिकार वनिरहेको छ । राष्ट्र बैंकले गरेको कडाईका कारण बैंकहरु अहिले अटो लोन प्रवाह गर्न अनिच्छुक देखिएका छन् भने लोन दिइहाले पनि ब्याजदर निकै उच्च छ । जसका कारण बजारमा गाडीको माग एकदमै न्यून छ । अटो बजारमा देखिएका यस्ता विविध समस्या र महिन्द्रा गाडीको अवस्थाका वारेमा हामीले अग्नि इन्कर्पोरेटेड प्रालिका डेपुटी डाइरेक्टर वरदान बस्नेतसँग कुराकानी गरेका छौ ।

आयात प्रतिबन्ध हटेपछि हालसम्मको अवस्था र भोलिका दिनमा अटोमोबाइल क्षेत्रमा आउन सक्ने चुनौतीहरुलाई तपाईले कुन रुपमा हेर्नु भएको छ ?
कोभिड शुरु भएसँगै अस्थिर वनेको अटो बजारले लगत्तै लामो समयसम्मको आयात प्रतिबन्ध खेप्नु प¥यो । कोभिडको जोखिमलाई कम गर्न भन्दै सरकारले कडा लकडाउन लगाउँदा सो समय देशभरका शोरुम बन्द भए । विस्तारै जोखिम कम हुँदै गएपछि शोरुम खुल्न थाले र पछि सवारीसाधनको बजारले गति लिन थाल्यो पनि । तर लगत्तै विदेशी मुद्राको सञ्चितिमा दवाव परेको भन्दै राष्ट्र बैंकले ९ महिनासम्म सवारीसाधनको आयातमा प्रतिबन्ध लगायो । साथै अटोलोनको जोखिम भारमा गरिएको वृद्धि, उच्च ब्याजदर र बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव लगायत समस्याका कारण पुस १ यता आयात प्रतिबन्ध हटेपनि अटो बजारले गति लिन सकिरहेको छैन । कोभिड हटे पनि अहिले अटो बजारमा अर्को फाइनान्सियल कोभिड शुरु भएको छ ।

अवस्था यस्तै रहिरहे यसले भोलिका दिनमा अटोमोबाइल क्षेत्रलाई कस्तो प्रभाव पार्ने अनुमान गर्नुभएको छ ?
अहिलेको समस्या तत्कालै समाधान भइहाल्ला भन्ने मलाई लाग्दैन । यदि यसो भयो भने यसले अटोमोबाइल क्षेत्रमा ठूलो असर पर्ने निश्चित छ । यो आर्थिक वर्षको ८ महिना वितिसक्दा हालसम्म बजारमा एकदमै कम संख्यामा सवारीसाधन आयात भएका छन् । अहिलेको अवस्थामा व्यवसायीले मुनाफा कमाउने भन्दा पनि कसरी हुन्छ ‘व्रेक इभन’ मा रहेर काम गर्नेतर्फ ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ ।

नेपालको अटोमोबाइल इतिहासमा अहिलेको जस्तो समस्या कहिल्यै देखिएको थिएन । गाडीको व्यवसाय आफैमा खर्चिलो व्यवसाय भएका कारण अहिलेको कठिन अवस्थामा सम्पूर्ण व्यवसायीले संयमित वनेर खर्च कटौती गर्दै आफ्नो व्यवसायलाई निन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ ।

महिन्द्रा ब्रान्डको कुरा गर्नुपर्दा नेपालमा यसले युटिलिटी भेइकल सेग्मेन्टमा निकै राम्रो छवि वनाएको छ र अहिले पनि धेरै ग्राहकहरु महिन्द्राको नयाँ मोडलको प्रतीक्षामै रहेका छन् ।

उनीहरुको प्रतीक्षा पुरा गर्न ढिलो भएजस्तो तपाईलाई लाग्दैन ?
तपाइले भनेजस्तै युटिलिटी भेइकल सेग्मेन्टमा महिन्द्राले नेपाली ग्राहकको विश्वास जित्दै आएको छ । महिन्द्रा ब्रान्डप्रति उहाँहरुले देखाउनु भएको यो विश्वासलाई अगामी दिनमा झनै मजुवत वनाएर जाने विषयमा हामी एकदमै प्रतिबद्ध छौ । महिन्द्राले गाडीको बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उत्तिकै जोड दिएका कारण पनि हामीलाई ग्राहकले विश्वास गर्नु भएको हो भन्ने कुरामा कुनै दुईमत नरहला ।

जहाँसम्म भारतमा लन्च भएर नेपाल आउने प्रतीक्षामा रहेका केही मोडलको कुरा छ, ती गाडीलाई हामीले यो वर्षदेखि बिक्री गर्न शुरु गरिसकेका छौ । विगतमा ९ महिनासम्म आयात प्रतिबन्ध लागेका कारण हामीले सो समयमा चाहेर पनि नयाँ मोडल ल्याउन सक्ने अवस्थामा थिएनौ । सो प्रतिबन्ध हटेसँगै केही समयअघि हामीले एक्सयूभी ७०० ल्याएर विक्री गरिरहेका छौ भने नयाँ एक्सयूभी ३०० पनि छिट्टै आउने क्रममा छ । वाँकी मोडलहरु पनि क्रमिक रुपमा उपलब्ध गराउँदै जानेछौ । यसका लागि ग्राहकले अव लामो समय कुर्नुपर्दैन ।

बजारमा ईभीको माग वढेसँगै अहिले अधिकांश आयातकर्ताको प्राथमिकतामा यो सेगमेन्ट पर्न थालेको छ । महिन्द्राको हकमा पनि कम्पनीले एक्सयूभी ४०० ईभीलाई भारतमा सार्वजनिक गरिसकेको छ । यो गाडी नेपाल ल्याउने विषयमा तपाईहरुको तयारी कस्तो छ ?
अग्नि ग्रुप नेपालको ईभी बजारमा पायोनियर कम्पनी हो । आजभन्दा २ दशक अगाडि नै हामीले रेभा ब्रान्डको इलेक्ट्रिक कार ल्याएर बिक्री थालेका थियौ । पछि यसलाई महिन्द्राले उत्पादन थालेसँगै इटुओ ब्रान्डमा आयो । अहिले पनि यी ब्रान्डको ईभी सडकमा गुडेको हामी देख्न सक्छौ ।

जहाँसम्म महिन्द्राले हालसालै सार्वजनिक गरेको एक्सयूभी ४०० ईभीको विषय छ, यो गाडी उचित समयमा नेपाल आउने छ । भारतमा अहिले बुकिङ मात्र खुल्ला गरिएको र डेलिभरीको क्रममा रहेको छ । भारतमा बिक्री शुरु भएपछि मात्र यो ईभी नेपाल आउने बाटो खुल्नेछ ।

‘ट्विन पिक’ लोगो लागेर आएपछि हाल सञ्चालनमा रहेका महिन्द्रा शोरुम र सर्भिस सेन्टरको पुनर्संरचना कसरी गर्दै हुनुहुन्छ ?
नयाँ लोगो लागेर आएपछि महिन्द्राको गाडी अझै प्रिमियम वनेको छ । सोही मर्म अनुसार विस्तारै देशभर सञ्चालनमा रहेका शोरुम र सर्भिस सेन्टरको संरचनालाई पनि नयाँपन दिनेगरी तयारी अघि वढाएका छौ । जसको सुरुवात हामीले काठमाडौंको दुईवटा शोरुमबाट गरिसकेका छौ । अग्नि ग्रुप अन्तर्गत महिन्द्राको देशभर ८० भन्दा वढी टच प्वाइन्ट सञ्चालनमा रहेका छन् र ती सवैलाई विस्तारै स्तरोन्नति गर्दै जाने योजनामा छौ ।

(विस्तृत अटोमोबाइल म्यागेजिनको चैत अंकमा)

सम्बन्धित समाचारहरू

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी...

महिन्द्रा एक्सयूभी ७०० नेपालमा, यस्ता छन् आकर्षक विशेषता

महिन्द्रा एक्सयूभी ७०० नेपालमा, यस्ता छन् आकर्षक विशेषता

काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा महिन्द्रा एक्सयूभी ७०० को बिक्री...

महिन्द्राले ५ बर्षभित्र १३ नयाँ मोडल थप्ने, ८ वटा मोडल इलेक्ट्रिक हुने

महिन्द्राले ५ बर्षभित्र १३ नयाँ मोडल थप्ने, ८ वटा मोडल इलेक्ट्रिक हुने

भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले ५ बर्षभित्र १३ वटा नयाँ मोडलका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...