पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष पश्चात फेरि बढ्यो
काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात...
बजाज अटोले भारतमा पल्सर एन२५० लन्च गरेको छ । सो बाइक ट्रयाक्सन कन्ट्रोल भएको कम्पनीको पहिलो बाइक हो । यसले सेन्सरको सहायताले पांग्राको गति र इन्जिन पावरलाई मनिटर गर्छ र ह्विल स्पिन भएको अवस्थामा ब्रेक लगाउँछ ।
कम्पनीले पल्सर एन२५० मा केही अपग्रेड गरेको छ । बाइकको फ्रन्ट सस्पेन्सन सिस्टम पनि परिवर्तन गरेको छ । यसमा ट्विन एलईडी प्रोजेक्टर हेडल्याम्प र एलईडी डीआरएल दिइएको छ । साथै यसमा नयाँ ग्राफिक्स पनि दिइएको छ । सो बाइक ३ रङमा उपलब्ध छ ।
नयाँ पल्सर एन२५० पावरका लागि २४९.०७ सीसीको फोर स्ट्रोक, टु भल्व आयल कुल्ड इन्जिनले सुसज्जित छ, जसले २४.१ एचपीको पावर र २१.५ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यो इन्जिनमा ५ स्पिड गियरबक्स जोडिएको छ ।
बाइकमा यूएसबी चार्जिङ पोर्ट, ट्रयाक्सन कन्ट्रोल र एबीएसकाका साथै नयाँ राइड मोड – रेन, रोड र अन÷अफ उपलब्ध छ । सस्पेन्शनका लागि फ्रन्टमा टेलिस्कोपिक युनिटको स्थानमा यूएसडी फोर्क प्रदान गरिएको छ । जबकि रियरमा समान प्रिलोड एडजस्टेबल मोनोसक युनिट दिइएको छ ।
बाइकको लम्बाइ १९८९ एमएम, चौडाइ ७४३ एमएम, उचाई १०५० एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएमको छ । यसको सिट हाइट ७९५ एमएम र ह्विल बेस १३५१ एमएमको दिइएको छ । सो बाइकको तौल १६२ केजी र फ्युल ट्यांक क्षमता १४ लिटरको छ ।
सो बाइकले सुजुकी जिक्सर २५०, केटीएम ड्युक ३५० र टीभीएस अपाचे आरटीआर २०० फोरभीसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य १ लाख ५१ हजार भारु तोकिएको छ ।
काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात...
काठमाडौं – बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई...
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...