२ वर्ष नपुग्दै बजारबाट बिदा भयो पल्सर एन १२५, भारतमा बिक्री बन्द
काठमाडौँ– बजाज अटोले आफ्नो चर्चित इन्ट्री लेभल स्पोर्टी मोटरसाइकल पल्सर...
बजाज अटोले चाँडै नै नयाँ बाइक लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार बजाजले २५० सीसी सेगमेन्टमा पल्सर एन२५० लन्च गर्न लागेको हो । सो बाइक १० अप्रिल २०२४ मा लन्च हुने जानकारी कम्पनीले दिएको छ । सो बाइक परीक्षणका क्रममा धेरै पटक देखिएको थियो ।
हालसम्म कम्पनीले बाइकको लन्च मितिबारे मात्र जानकारी दिएको छ । कम्पनीले मोटरसाइकलबारे अन्य कुनै जानकारी सार्वजनिक गरेको छैन । यसमा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर, कल एसएमएस अलर्ट, स्मार्टफोन कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, डिस्टेन्स टु इम्प्टी र आइएफई जस्ता फिचर उपलब्ध गराइने अपेक्षा गरिएको छ। साथै यसमा नयाँ इन्भर्टेड फोर्क र केही कस्मेटिक परिवर्तन गरिनेछ ।
सो बाइकको इन्जिनमा खासै परिवर्तन गरिने छैन । हालको बाइक जस्तै यसमा २४९.०७ सीसीको आयल कुल्ड इन्जिन उपलब्ध गराइनेछ । जसका कारण यसले २४.५ पीएसको पावर र २१.५ न्युटन मिटरको टर्क जेनेरेट गर्नेछ ।
यसको अनुमानित मूल्य लगभग १ लाख ५९ हजार भारु हुने अपेक्षा गरिएको छ, जुन यसको हालको भेरिएन्ट भन्दा करिब १० हजार भारु बढी हुनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...