बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बजाज पल्सर १८० बाइक बिक्रीको लागि डिलरशिपमा पुगेको छ । नयाँ पल्सर १८०को एक्स शोरुम मूल्य १ लाख ५ हजार भारु तोकिएको छ । जबकि १८०एफको मूल्य १ लाख १४ हजार भारु रहेको छ । नयाँ पल्सर १८० क्लासिकमा फ्युल ट्यांक एक्सटेन्सन, टेलपिस र बेली प्यानमा युनिक कन्ट्रास्ट डिकल्स उपलब्ध रहेको छ ।
यसको हेडल्याम्प हाउजिङलाई थोरै ट्विन गरिएको छ । बाइकको लागि डिजी–एनालग इन्स्ट्रयुमेन्ट कन्सोल २२०एफबाट लिइएको छ । जबकि ब्लु ब्याकलिट डिजिटल डिस्प्ले युनिट स्पिड, फ्युल इकोनोमी, साइड स्ट्यान्डको स्थिति, ओडोमिटर सर्भिस रिमाइन्डरको साथ कैयौ जानकारी प्रदान गर्छ ।
२०२० मा बजाज पल्सर सिरिज बीएस६ मा अपडेट गरिएको थियो । त्यसैले २०२१ पल्सर १८० को पावरट्रेन स्पेसिफिकेसनमा केही महत्वपूर्ण परिवर्तन गरिने छैन । सो बाइकमा १७८.६ सीसीको एयर कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा ५ स्पिड ट्रान्समिशन रहेको छ । सो इन्जिनले १७ एचपीको पावर र १४.५२ एनएमको टर्क जेनेरेट गर्छ ।
२०२१ बजाज पल्सर १८० मा परम्परागत टेलिस्कोपिक फ्रन्ट फोर्क्स, ट्विन रियर सक एब्जर्बर, फ्रन्ट र रियर डिस्क ब्रेकको साथमा सिंगल च्यानल एबीएस र १७ इन्चको अलोय ह्विल समावेश रहेको छ ।
पल्सर सिरिज विशेषगरी युवावर्गमा निकै आकर्षक रहेको छ । त्यसैले सो नयाँ १८० भेरिएन्ट बाइक मासिक बिक्री राम्रो हुने विश्वास गरिएको छ । भारतमा सो बाइक टीभीएस अपाचे आरटीआर १८० र होन्डा हर्नेट २.० जस्ता बाइकसँग प्रतिस्पर्धा हुनेछ ।
सन् २०१८ मा बजाज अटोले पल्सर १८० एफ लन्च पछि पल्सर १८० एडिशन बन्द गरेको थियो । बजाजले पल्सर १५० देखि २२० सीसी सेगमेन्टका बाइक बजाजले निर्माण गरिरहेको छ ।
नेपालमा बिक्रीका लागि उपलब्ध हुने अधिकांश बजाज बाइक नेपालमै एसेम्बल हुने गरेका छन् । भविष्यमा नेपालमा पनि यो बाइक उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...