सुरुवाती वर्षमा मात्र १२ सय युनिट बिकेको बजाज चेतकले ६ वर्षमै पार ग-यो ८ लाखको यात्रा

काठमाडौँ–इलेक्ट्रिक टु–ह्विलर बजारमा बजाज चेतकले एक नयाँ र ऐतिहासिक सफलता हासिल गरेको छ । सुरुवातदेखि हालसम्म यस इलेक्ट्रिक स्कूटरको बिक्री ८ लाख युनिटभन्दा बढी भइसकेको कम्पनीले जनाएको छ ।

यो माइलस्टोन पार गरेसँगै बजाज, ओला इलेक्ट्रिक र टीभीएस पछि भारतीय बजारमा तेस्रो ठूलो इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड बन्न सफल भएको छ ।

वाहन पोर्टलले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, बजाजले जनवरी २०२० देखि जुन २७, २०२६ सम्ममा कुल ८ लाख ८५ युनिट चेतक स्कूटर डेलिभरी गरिसकेको छ । यस तीव्र वृद्धिसँगै यसको बजार हिस्सा समेत बढेर १५.२२ प्रतिशत पुगेको छ ।

पहिलो वर्ष निकै सुस्त सुरुवात गरेको चेतकले पछिल्ला वर्षहरूमा भने उत्साहजनक गति लिएको देखिन्छ । लन्च भएको पहिलो वर्ष केवल १ हजार २४३ युनिट स्कुटरमात्र बिक्री गरेको कम्पनीले २०२१ मा ४ हजार ७६५ युनिट, २०२२ मा २६ हजार ७५८ युनिट र २०२३ मा ७ हजार ११२ युनिट बिक्री गरेको थियो ।

चेतकले सन् २०२४ मा भने इतिहासमै पहिलो पटक वर्षभरिमा २ लाख१ हजार १६६ युनिट बिक्री गर्दै २ लाख युनिटको आँकडा पार गरेको थियो ।
बिक्रीको लयलाई निरन्तरता दिँदै सन् २०२५ मा २ लाख ७९ हजार ६८५ युनिट स्कुटर बिक्री गरेको कम्पनीले चालू वर्ष २०२६ मा पुराना सबै रेकर्डहरू तोड्ने संकेत देखाएको छ ।

कम्पनीले यसै वर्षको जुन २७ सम्ममा मात्रै २ लाख ११ हजार ३५६ युनिट स्कूटर बेचिसकेको जनाइएको छ । यो संख्यालाई हेर्दा यस वर्ष चेतकले बिक्रीको नयाँ कीर्तिमान कायम गर्ने निश्चित देखिन्छ ।

चेतक नेपाली बजारमा समेत उपलब्ध इलेक्ट्रिक स्कुटर हो । गत वर्ष लन्च भएको यस स्कुटरले हाल नेपाली बजारमा समेत निकै राम्रो बजार पाइरहेको छ । हंसराज हुलासचन्द एन्ड कम्पनीले बिक्री गर्दै आएको यस स्कुटरको सुरुवाती मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजका यी बाइक छन् एबीएस र नन एबीएसमा, मूल्यमा यति धेरै अन्तर

बजाजका यी बाइक छन् एबीएस र नन एबीएसमा, मूल्यमा यति धेरै अन्तर

बजाज नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड हो । युवा...

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजले १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । नेपालका लागि आधिकारिक...

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

बजाजले भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक गरेको छ । बाइकको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...