बजाजले ल्यायो शून्य अफर : बाइक किन्दा १० हजार देखि १० लाख सम्म पाइने

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा बजाज बाइक किन्दा कमसेकम १० हजार रुपैयाँ छुट पाइने भएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा शून्य अफर ल्याएको हो । यस अन्तर्गत बजाजका बाइक किन्न चाहने ग्राहकको सम्पूर्ण विवरण सोरुमहरुले भरिसके पश्चात उनीहरुलाई एउटा कोड उपलब्ध हुनेछ । सो कोडमार्फत उनीहरुलाई जति धेरै शून्य जान्छ, उति नै रुपैयाँ छुट उपलब्ध हुनेछ । यस अन्तर्गत न्यूनतम १० हजारका साथै १ लाख र १० लाख रुपैयाँ सम्म पर्नेछ । जति धेरै शून्य पर्छ, त्यति नै धेरै रकम ग्राहकले प्राप्त गर्नेछन् । त्यसैगरी बजाजका बाइक किन्दा शुरुमा बाइकको मूल्यको ५० प्रतिशत रकम बुझाए पछि बाँकी रकम १८ महिना सम्म तिर्न सकिने छ । यसरी बाँकी रकममा कुनै पनि ब्याज लाग्ने छैन । यसरी शून्य प्रतिशत ब्याजमा बाइक किन्न सकिने यसै अन्तर्गतको अर्को फाइदा उपलब्ध हुनेछ । यसरी शून्यलाई आधार मानेर स्किम ल्याएकोले यसको नाम नै ‘बजाज शून्य अफर’ राखिएको कम्पनीको भनाइ छ । नेपालमा बजाजका विभिन्न मोडलका बाइक उपलब्ध छन् । बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिनाको मूल्य १ लाख ८१ हजार ९ सय रुपैयाँ छ भने सबैभन्दा महंगो बाइक डोमिनार ४०० को मूल्य ५ लाख ६९ हजार ९ सय रुपैयाँ छ । बजाज बाइकको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...